शैक्षिक एवं धार्मिक महोत्सवको पहिलो दिन रु ४६ लाख सहयोग संकलन !

झरना कँडेल, बुर्तिवाङ २०७५ मंसिर १५ । बुर्तिवाङमा आज देखी शुभारम्भ भएको बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवको पहिलो दिन आज करिब ४६ लाख रुपैया आर्थिक संकलन भएको छ । ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीबाट २१ लाख ५ हजार रुपैया नगरपालिकाबाट २० लाख रुपैया, बुर्तिबाङ निवासी कमला अर्याल र सुमित्रा सापकोटाबाट संयुक्त रुपमा ४ लाख मुल्य बराबरको धान र १ तोला सुन, बुर्तिबाङ निवासी हर्कबादुर गुरुङले ५१ हजार ५ रुपैया, ढोरपाटन नगरपालिका उपप्रमुख करमति पुनबाट रु ५१ हजार, प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर थापाले ११ हजार रुपैया, प्याव्सन जिल्ला समिति कार्यलय बागलुङबाट रु १० हजार, हरिकला पाण्डेले ३ हजार १ सय, भिम बहादुर सुनारबाट रु २ हजार १ सय चुरामणि खनालबाट रु २ हजार १ सय र धनसरी कडेलबाट १ मुरी धान सहयोग प्राप्त भएको छ ।

महोत्सवको पहिलो दिन आज सबैभन्दा बढी आर्थिक सहयोग गर्ने नगरप्रमुख नेपाली र पत्नी छेला नेपालीलाइ भव्य स्वागत गरिएको थियो ।

महोत्सवमा प्रत्येक दिन विहान ७ बजेदेखि पूजा अर्चना, पाठ पारायण त्यसैगरी १० बजेदेखि ४ बजेसम्म कथा वाचन, प्रवचन र झाँकी प्रदर्शन, साँझ ७ बजेदेखि १० बजेसम्म भजन कीर्तन र कथा प्रवचनका साथै प्रत्यक दिन विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म धार्मिक अनुष्ठान र विधिपूर्वक शान्ति कलश एवं भगवानको पूजा अर्चना गरिने महोत्सवका शैक्षिक अभियान्ता ब्रम्हाण ईश्वर शरण महाराजले बताए । उक्त महोत्सवमा विराट धनधान्य महापर्व, पितृमुक्तिको पूजा, श्रीमद् भागवत् कथा प्रवचन, गौदान, रुद्री पाठ, कलश यात्रा, तुलादान, चौरासी पूजा, ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती प्रज्वलन, महालक्ष्मीको पूजा, विवाह लगायत धार्मिक पूजाआजा सहित राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन कीर्तन गरिने कार्यक्रमहरु रहेको आयोजकले जनाएकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *