छाप उर्लेनीमा पुर्ण सरसफाई सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न !

प्रकाश छन्त्याल, बरेङ २०७५ मंसिर १५ । बरेङ गाउँपालीका वडा नम्वर १ धुल्लुबास्कोटमा पुर्ण सरसफाई सम्वन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । परिश्चम नेपाल खानेपानी तथा सरसफाई परियोजना ९वास०को आयोजनामा नेपाल कर्तब्यपालन प्राथमिक बिधालय छाप उर्लेनीमा सम्पन्न कार्यक्रममा धुल्लुबास्कोटका करिव ५० जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । धुल्लुबाँस्कोट माध्यामिक बिधालयका प्रधानाध्यापक फटिक थापा, कर्तब्यपालन प्राथमिक बिधालय छाप उर्लेनीका शिक्षक देव बहादुर थापाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरेङ गाउँपालीका वास कार्यक्रम सहजकर्ता रामप्रसाद शर्मा र सृजना गौतमकाले सहभागिलाई सरसफाई सम्वन्धी अभिमुखिकरण गरेका थिए ।

धुल्लुबास्कोटका ३ वटा क्षेत्रमा आयोजना गरिएको कार्यक्रम मजुवामा गर्न बाकी रहेको कार्यक्रम संयोजक गौतमले जानकारी दिए । गाउँपालीकाका ५ वटै वडालाई पुर्ण सरसफाई तथा खानेपानी युक्त बनाउने योजनामा रहेको बरेङ गाउँपालिकाले पुर्ण सरसफाईको लागी पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना ९वास०संगको सहकार्यमा परियोजना सुरु गरेको हो । वडा नम्वर ५ शुखौरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको र क्रमश हुग्दिशिर, बाटाकाचौर, सल्यानमा पनि कार्यक्रम सम्पन्न गरि समग्रमा गाँउपालिकालाई नै पुर्ण सरसफाई गाउँपालीका घोषणा गर्ने तयारीमा रहेको समाचारमा बताइएको छ ।

कार्यक्रम सृजना गौतमको स्वागत मन्तव्य, सहजकर्ता रामप्रसाद शर्माको संचालन, वडा नम्वर १ का वडा सदस्य छत्र बहादुर थापाकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *