शुभलाभ सहकारीको ११ औ साधारणसभा सम्पन्न !

रबिना बोहरा, बागलुङ, २०७५ मंसिर १५ । शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संस्थाका ज्येष्ठ सदस्य कृष्णकुमारी राजभण्डारीले सहकारीहरु संस्थाको नियम तथा विधान अनुसार सञ्चालन हुनुपर्ने बताईन् । सहकारी आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै समाज रुपान्तरणका लागि यसको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार इश्वरलाल बज्राचार्य, सुरेन्द्रजंग राजभण्डारी, शेयर सदस्य गोविन्द वझा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाका अवसरमा संस्थाका सचिव हिमालय प्रकाश श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दुर्वलकाजी राजभण्डारीले आर्थिक, लेखा समिति संयोजक लिलम्बर बज्राचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आर्थिक बर्ष ०७४÷७५ मा २८ करोड ४३ लाख ९३ हजार रुपैँयाको कारोबार गरेको बताइएको छ । यस्तै १ करोड ८५ लाख ६ हजार रुपैँया आम्दानी, १ करोड ७६ लाख ६ हजार रुपैँया खर्च गरी ९ लाख रुपैँया खुद मुनाफा गरेको संस्थाले जनाएको छ ।

सो अवसरमा सहकारीले उत्कृष्ट शेयर सदस्य मनकुमारी सुवेदी, चन्द्रबहादुर थापालाई सम्मान गरको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष इश्वरप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रघुराम भारीको स्वागत र सचिव हिमालय प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *