निसीभूजी जनता क्याम्पसलाई नगरप्रमुख नेपाली व्दारा रु ४१ लाख सहयोग गर्ने घोषणा !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर १५ । निसीभूजी क्षेत्रकै एकमात्र क्याप्पस निजीभूजी जतता क्याम्पसलाई स्मार्ट क्याम्पसको रुपमा विकास गर्नका लागी आजदेखी शुभारम्भ भएको शैक्षिक एवं धार्मिक महोत्सवमा प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आफ्नो र नगरपालिकाका तर्फबाट रु ४१ लाख बढी रकम सहयोग गर्ने उद्घोष गरेका छन् ।

प्रमुख अतिथी नेपालीले आफू र आफ्नी धर्मपत्नी छेला नेपालीको तर्फबाट क्याम्पसको निम्ति रु २१लाख ५ हजार को अक्षयकोष स्थापना गरिदिने घोषणा गर्नुका साथै ढोरपाटन नगरपालिकाका तर्फबाट रु २० लाख सहयोग प्रदान गर्ने घोषणा गरिरहँदा उपस्थित मानव सागरले करतल ध्वनिका साथ स्वागत गरेका थिए ।

महोत्सवमा नगरप्रमुख नेपाली दम्पति भजन कीर्तनमा नाँचेर सहभागिता जनाई रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *