प्रदेश मन्त्री चुमान नवीगाउँका अग्निपीडितलाई राहत वितरण गर्न ढोरपाटन आउने !

दिनेश शर्मा बुर्तिवाङ २०७५ मंसिर १५ । गण्डकी प्रदेशका आन्तरिक मामिला एवं कानून मन्त्री हरिबहादुर चुमान ढोरपाटन नगरपालिका ९ ढोरपाटनको नबीगाउँमा केहि दिन पहिले भीषण आगलागी हुँदा भएको क्षेतीको अवलोकन, जानकारी तथा अग्निपीडितहरुलाई राहत वितरण गर्न आज ढोरपाटन आउने कार्यक्रम रहेको छ ।

प्रदेश मन्त्री चुमान केहि समय पहिले पोखराबाट बागलुङ हुँदै ढोरपाटन तर्फ प्रस्थान गर्नु भएको प्रजिअ बेदप्रसाद खरेलले जानकारी दिए ।

श्रोतका अनुसार प्रदेश मन्त्री चुमान आज ढोरपाटन पुगेर त्यहिँ मुकाम गरी आईतबार बिहान प्रदेश सरकारका तर्फबाट राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *