तुरतुरे तालमा बिधिवत नौका बिहार सुरु : बिपतबाट बनेको तुरतुरे तालको सुन्दरता बयानगरी साध्य छैन -नेपाली

झरना कँडेल, बुर्तिवाङ २०७५ मंसिर १५ । गत भदौ २९ गते राति ढोनपा र बडीगाड गाउपालिकाको सीमानामा रहेको तुरतुरे देउरालीबााट खसेको भीषण पहिरोबाट बडीगाड खोला थुनिएर बनेको तुरतरे तालमा शुक्रबार देखी विधिवत नौका विहार (-याफ्टिङ) सञ्चालनमा आएकोे छ । ताल प्रभावित क्षेत्रका वासिन्दालाई फाईदा हुने गरि त्यस स्थानमा शुक्रबारबाटै -याफ्टिङ सञ्चालनमा ल्याइएको हो ।

डुवान प्रभावित क्षेत्रका जनताको भेलाले त्यस स्थानमा व्यवसायिक रुपमा ढुँगा तथा ¥याफ्टिङ सञ्चालनका लागि डिलबहादुर कुमालको अध्यक्षतामा ७ सदस्यीय समिति समेत निर्माण गरेका छन् ।

ढोरपाटन नगरपालीकाका नगरप्रमुख देबकुमार नेपालीको अध्यक्षतामा ताल वरपर रहेका खेतियोग्य जमीन वा घरगोठ बिस्तापित भएकाहरुले बनाएको समिती बिचको बैठकले गरेको निर्णयानुसार नौका बिहार सञ्चालन गरीएको हो । यसअघि बडीगाड महोत्सवका आयोजकको पहलमा नौका बिहार सञ्चालनमा आएको थियो ।

शुक्रबार याफ्टीङ बोट सञ्चालन उपभोक्ता समितीका अध्यक्ष दिल बहादुर कुमालको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख देवकुमार नेपालीले रिवन काटेर ¥याफ्टीङ बोटको विधिवत उद्घाटन गर्दै बिपतबाट बनेको ताल भएपनि यसको सुन्दरताको बयान गरीसाध्य नभएकाले यो पर्यटकीय स्थल बनेको बताए ।
नगरप्रमुख नेपालीले ¥याफ्टीङ बोटबाट तुरतुरे तालले डुवानमा पारेको भेगका पीडितहरुले मात्रै लाभ लिन सक्ने भएकाले यसलाई सकारात्मक रुपमा लिएर सबै एकजुट भएर लाग्न आग्रह समेत गरे । उनले सो क्षेत्रलाई होमस्टे को रुपमा पनि बिकास गर्न सकिने भएकाले बोलि ब्यबहार र सरसफाईमा बिशेष ध्यान दिन आग्रह गरे ।

तालबाट पीडितहरुले जस्तोसुकै ब्यवसाय गर्न चाहेमा आफुले हर्दम सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दैे तुरतुरे ताल संरक्षण उपभोक्ता समिती तथा ¥याफ्टीङ बोट सञ्चालन समितीलाई कुनै अनियमितता नगरी सेबा दिन आग्रह गरेका थिए ।

सोही अबसरमा बोल्दै समितीका अध्यक्ष दिल बहादुर कुमालले ताल जसरी बनेपनि यसको सकारात्मक उपभोग गर्नका निम्ती आफुहरु लाग्ने बताउदै, यसमा कुनैपनि अनियमितता हुन नदिई काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सो अबसरमा पिडीत पक्षका तर्फबाट अन बहादुर थापा , वडा नं १ का वडाध्यक्ष चित्रबहादुर भण्डारी ,वडा नं २ का वडाध्यक्ष युवराज महतले लगायतले मन्तव्य व्यक्त गरेका थिए । सीमलचौरका बुद्ध थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम जाल्दी प्राथमिक बिद्यालयका प्रअ शान्ता घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

उद्घाटन पश्चात नगरप्रमुख नेपाली, वडाध्यक्ष, पत्रकार लगायतले तुरतुरे तालमा नौका विहार (-याफटीङ) गरेका थिए ।

यसैवीच आन्तरिक पर्यटकहरुको गन्तव्यको केन्द्र रहेको कृतिम तुरतुरे तालमा डुँगा र ¥याफ्टिङ सञ्चालन गरि थप आकर्षको केन्द्र बनाउने तथा तुरतुरेमा आउने आन्तरिक पर्यटकहरुलाई ढोरपाटन, तमानखोला, निसीखोला र बडीगाड गाउँपालिकाका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा समेत जोडेर लैजान सक्ने गरि संयुक्त अवधारणा बनाउन ढोरपाटन नगरपालिकाले पहल थाल्ने भएको छ ।

तुरतुरे तालमा ढुँगा तथा ¥याफ्टिङका लागि पुरै ताल घुम्नका लागि प्रति व्यक्ति ५ सय रुपैयाँ, जहाँ दुई घण्टाको यात्रा हुने ¥याफ्टिङ टिमले जनाएको छ । त्यस्तै तालको आधा भाग परिक्रमाका लागि २ सय ५० र तालको वारपार गर्न प्रतिव्यक्ति एक सय रुपैयाँ दररेट समेत नगरपालिकाले तोकेको छ । जलायात्राका लागि जाने विद्यार्थीका लागि भने ५० प्रतिशत छुटको समेत व्यवस्था मिलाइएको छ ।

सम्बन्धित लिंकहरु

तुरतुरे तालमा आज -याफ्टिङ सुरु , थुप्रै यात्रुहरु नौका विहारमा !

आजको तस्वीर : तुरतुरे तालमा नौका विहार (-याफटिङ) !

साताको तस्बीर : सबका नजरमा ‘ तुरतुरेको ताल !

साताको तस्वीर : विपदबाट उत्पन्न ‘तुरतुरेको ताल !

आजको तस्वीर : जाउँ सँगी घुम्नलाई, तुरतुरेको ताल … !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *