गुल्मीमा भतिजव्दारा काकी बलात्कृत : भाग्न खोज्दा भीरबाट लडेर घाईते !

प्रेम सुनार, गुल्मी २०७५ मंसिर १४ । गुल्मीको धुर्कोट गाउँपालिामा मंसिर ११ गते दिउँसो एक जना युवा नातामा काकी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । सो गाउँपालिका वडा नम्वर ६ का ३५ बर्षिय नामहरि पन्थी ५२ बर्षिया काकी नसरी ( नाम परिवर्तन ) लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।
काकी बलात्कार गर्न लागेको थाह पाई गाउँवासी र प्रहरीले समात्न खोज्दा भाग्ने क्रममा उनि भिरबाट लडेर करङ्ग लगायतका हड्डी भाँचिएर गम्भीर घाईते भई अस्पताल भर्ना भएका छन ।

निजलाई प्रहरीले घाईते अबस्थामा पक्राउ गरी निगरानीमा राखेर अस्पतालमा उपचार गराई रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार मंसिर उक्त दिन दिउँसो कतै जान लागेकी काकीलाई खान पाकेको छ आउनुस खाएर जानु होला भन्दै घर भित्र बोलाएर बलात्कार गर्न लाग्दा ती काकी चिच्चाएर गुहार मागे पछि गाउँवासी जम्मा भई समात्ने प्रयास गरेका थिए ।
भाग्दै जाने क्रममा लडेर गम्भीर घाईते उनलाई अस्पतालबाटै अनुसन्धान प्रकृया अगाडी बढाईएको एसपी बस्नेतले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *