सांसद पाठकको घरदैलो अभियान : सरकारले केही गरेन भनेर विरोध गर्नुको कुनै अर्थ छैन !

बागलुङ, २०७५ मंसिर १४ । बागलुङ क्षेत्र नम्बर एकका संघीय सांसद सूर्य पाठकको घरदैलो अभियान अन्तर्गत शुक्रबार बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयबासीसंग अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । एक वर्ष अगाडिको निर्वाचनबाट विजयी सांसद पाठकले जनताका सुझाव लिने उद्देश्यले घरदैलो अभियानमा निस्किएका हुन ।

आफूले सांसद निर्वाचित भएको एक वर्षको अवधीमा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुका साथै जनताका अपेक्षाहरु संकलन गरेको पाठकले बताए । जनताको भेटमा सांसद पाठकले वर्तमान सरकार समृद्ध मुलुकको परिकल्पना सहित अगाडि बढेकाले जनताको इच्छा अनुसार काम हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्लाको विकासका लागि स्थानीय, प्रदेश र केन्द्र संग समन्वय गरी अगाडी बढ्ने उनको भनाई थियो । आफूले पाँच वर्षमा के–के गर्ने भन्ने बारेमा निर्वाचन अगाडिनै घोषणापत्र मार्फत जनताको घरघरमा पुगेको भन्दै सांसद पाठकले घोषणापत्र र जनतालाई दिइएका आश्वासन पुरा गर्न आफू प्रतिबद्ध भएको बताए ।

पाठकले प्राय जनताको माग पूर्वाधार निर्माणमा केन्द्रित भएको भन्दै पाठकले पुर्वाधार निर्माणसँगै अन्य विकासका काममा समेत ध्यान दिन जनतालाई आग्रह गरेका थिए ।

लामो राजनीतिक संक्रमण व्यहोरेको संरचना सुधारका लागि केही समय लाग्ने भन्दै सरकारले केही गरेन भनेर विरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

जनभेटघाट कार्यक्रममा निर्वाचनका बेला ठूला ठूला आश्वासन प्रदान गर्ने नेताहरुले जितेपछि गाउँनै टेक्दैनन भन्ने आम मानिसको आरोपलाई चिर्नका लागि आफू आफ्नो निर्वाचन क्षेत्रमा हरेक पटक पुग्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयन्त्र सदस्य लालबहादुर थापाले पनि बोलेका थिए ।
कार्यक्रम बानपा–१४ का वाड अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, सुरेन्द्र आचार्यको स्वागत र धुर्व श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *