आजको तस्वीर : महोत्सवको पूर्व सन्ध्यामा बुर्तिवाङ बजार सरसफाई !

शव्द/चित्र झरना कँडेल,

बुर्तिवाङ २०७५मंसिर १४ । बुर्तिवाङ बजारमा भोलि मंसिर १५ गते देखी राष्ट्र शान्ति अभियानको मुख्य सहकार्यमा प्रारम्भ हुने बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव २०७५को पूर्व सन्ध्यामा बुर्तिवाङ बजार सर सफाई गरिएको छ ।

महोत्सवलाई भव्यरुपमा सफल बनाउने क्रममा आज बिहान गरिएको बजार सरसफाई कार्यक्रममा महोत्सव आयोजक समितिका अध्यक्ष चन्द्र अर्याल सहित सचिवालयका सम्पूर्ण जन, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली एवं उपनगरप्रमुख करमती पुन, ईलाका प्रहरी कार्यालय बुर्तिवाङ परिवार, सामाजिक अभियन्ता, पत्रकार, विभिन्न संघसंस्थाहरुको व्यापक सहभागिता रहेको थियो ।

बजार सरसफाई अभियानमा बुर्तिवाङ बजारबासीहरुलाई सरसफाईको महत्व बारे सचेतना जगाउनुका साथै यस क्षेत्रकै एकमात्र क्याम्पसलाई स्मार्ट क्याम्पसको रुपमा विकास गर्न आयोजित शैक्षिक एव. धार्मिक महोत्सव सफल पार्न हार्दिक अनुरोध गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *