माईक्रोबसमा दिउसै सरर : बुर्तिबाङ-काठमाडौं-बुर्तिबाङ माईक्रोबसको दिवा सेवा सुरु !

बिमल खड्का, बुर्तिवाङ २०७५ मंसिर १४ । बुर्तिबाङ देखि काठमाडौं सम्मका लागि माईक्रोबस संचालनमा आएको छ । धौलागिरी बस व्यवसायी समिति बुर्तिबाङले यात्रुहरुलाई आरामदायी यात्रा गर्ने सजिलो होस भन्दै माईक्रोबस संचालनमा ल्याएको हो ।

बिहान ६.३० बजे बुर्तिबाङबाट काठमाडौ र काठमाडौबाट सोहि समयमै बुर्तिबाङका लागि छुट्ने गरि बस संचालनमा ल्याएको काउन्टर ईन्चार्ज गणेश गौतमले जानकारी दिए।

बुर्तिबाङ आउने अधिकांश सवारी साधन रातिको समयमा चल्ने भएकाले यात्रुको सहजतका लागि दिवा सेवा संचालन गरिएको पौडेलको भनाई छ । भाडा भने प्रति व्यक्त १६ सय निर्धारण गरिएको छ । बिहान हिडेपछि बेलुकी गन्तव्य स्थानसम्म पुगिने समितिले जनाएको छ । यस्तो सेवा पश्चिम बागलुङको पहिलो हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *