सांसद पौडेलद्वारा ढोरपाटन नबीगाउँको आगलागि क्षेत्रको स्थलगत अवलोकन !

बिमल खड्का, बागलुङ २०७५ मंसिर १३ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ९ नवी गाउँमा लागेको आगलागी क्षेत्रको बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले आज स्थलगत अवलोकन गरेका छन् । बिहीबार सांसद पौडेलले ढोरपाटन नवी गाउँका आगलागि पीडितहरुको बस्तुस्थितबारे जानकारी लिएका थिए ।

पीडितहरुको बस्तुस्थितीबारे जानकारी लिदै पौडेलले उचित राहतका लागि पहल भईरहेको बताए । अति पीडामा ढोरपाटन बासी छन् उनीहरुको बासस्थानको प्रवन्ध गर्नु स्थानीय सरकार र केन्द्रीय सरकारको जिम्मेवारी हो । उनले भने, त्यसलाई गम्भीरताका साथ हेरेका छौँ । पौडेलले भने रेटक्रस लगायतका संस्थाहरुसँग कुरा भएकाले पीडितले राहत पाउने बताए ।

पीडितहरुको आवास अवलोकन गर्ने नेकपा नेता फमलाल निउरे, शेरमान घर्ती लगायतका नेताहरु पुगेका थिए । आगलागिबाट ३० घर जलेर नष्ट भएका छने भने ती ३० घरमा ४८ परिवारको बसोबकास थियो । आगलागीबाट घर नष्ट भएपछी पीडितहरु छिमेकीको घरमा बसेका छन् ।

अग्नि पीडितहरुलाई ढोरपाटन नगरपालिकाले प्रति परिवार १/१ लाख सहयोग गर्ने घोषणा गरेको छ भने नगरप्रमुख देवकुमार नेपालीले आफ्नो व्यक्तिगत खर्च पीडितहरुको घरको छाना टिनले छाईदिने घोषणा गरेका छन् । यसैगरी जिल्ला विपद व्यवस्थान समितिका अध्यक्ष एवं प्रजिअ बेदप्रसाद खरेलले ढोरपाटन नबीगाउँमा पुगी पीडित परिवारलाई सरकारी राहत रकम वितरण गरेका छन । यसैगरी नेपाल रेडक्रस सोसाईटीले पनि पीडितहरुलाई राहत सामाग्री वितरण गरिसकेको छ ।्
आगलागीबाट करीब ३ करोड रुपयाँ बराबरको क्षती भएको आँकलन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *