जनताको घरदैलोमा पुगी पुगेर प्रभु बैंकव्दारा बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण !

सुरेश छन्त्याल, गल्कोट २०७५ मंसिर १३ । प्रभु बैंक लिमिटेड गल्कोटले आज गल्कोट नगरपालिका १० पाण्डबखानीको संयुक्त आयोजनामा पाण्डबखानी वडा कार्यालयबाट अशक्त अपांग बृद्धबृद्धाहरुको लागि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। सेवाग्राहीहरुलाई प्रमु बैंक गल्कोटका शाखा प्रबन्धक कृष्ण हरि भण्डारी ,संञ्चालन प्रमुख शिशिरबम मल्ल, सम्बन्ध अधिकृत प्रकाश सुवेदी, प्रशिक्षार्थी रोशन बस्नेत, ,वडाका अध्यक्ष तिलक घर्ती तथा वडा जनप्रतिनिधि र पत्रकार सुरेश छन्त्यालको टोलीले भत्ता वितरण गरेको थियो।

भत्ता बुझ्न हटिया जादा धेरै खर्च संगै दुख समेत हुने हुदा हामी जस्तो बृद्धबृद्धाहरुलाइ आफ्नै घरमा आएर भत्ता दिएकोमा खुसि हुँदै धन्यवाद समेत दिएका थिए ।
आज सम्पन्न भत्ता वितरण कार्यक्रममा बृद्धबृद्धा,अपांग दलित गरि भत्ता २३२ जनालाइ वितरण भएको सञ्चालन प्रमुख शिशिर मल्लले जानकारी दिए । त्यस्तै हिजो पाण्डबखानीको रमुवामा पुगेर ७५ जनालाई भत्ता वितरण गरेको मल्लले बताए । साथमा रमुवादेखि पाण्डबखानी आउने क्रममा विच बाटोमा रहेका बयोबृद्ध तथा अपांगहरुलाइ घर दैलो गरि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको समेत शाखा प्रबन्धक कृष्ण हरि भण्डारीले जानकारी दिए। भत्ता जम्मा गरि ३०७ जनालाई वितरण भएको बताईएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *