अंचल अस्पताल सुधारको लागि मुख्यमन्त्री समक्ष १२ बुदे माग प्रस्तुत , १ करोड ६० लाख अनुदान माग !

बागलुङ २०७५ मंसिर १३ । धौलागिरी अंचल अस्पताल बागलुङको सेवा प्रवाहलाई चुस्त दुरुन्त र प्रभावकारी बनाउन विभिन्न सहयोगको माग गर्दै धौलागिरी अंचल अस्पताल व्यवस्थापन समितिले गण्डकी प्रदेशका मुख्त्री मन्त्री पृथ्वी शुब्बा गुरुङको ध्यानकषर्ण गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर सहितको टोलीले विहिबार गण्डकी प्रदेशका मुख्त्रमन्त्री गुरुङलाई भेटेर अस्पतालको सेवा विस्तारको लागि विभिन्न १२ बुदे माग राखेको छ । अस्पताल विकास समितिले अस्पतालको संगठन र व्यवस्थापन सर्भेका लागि अभिलम्व टोली खटाईदिनुपर्ने, अस्पताल व्यवस्थापन समिति गठन आदेशमा कोषको खाता समितिको मातहातमा ल्याउने गरी संशोधन हुनुपर्ने प्रसुति, बालरोग, एनेस्थेसिया साथै लास राख्ने स्थानको लागि एक करोड ६० लाख अनुदानको माग गरेको छ ।

समितिले अस्पतालको कार्यालय प्रयोजनका लागि एक गाडी, नयाँ एम्बुलेन्स, अस्पतालमा दरबन्दी रही अन्यत्र काजमा रहेका कर्मचारीलाई तुरुन्त फिर्ताको पहल, समान कामको समान ज्याला निर्धारण, अस्पतालको समयलाई असर नपुग्ने गरी तालिम व्यवस्थापन, एनेस्थितयोलिोजिस्ट, गाईनोकोलोजिष्ट पेडियाटिसियन कामको लागि तीन करोड, सामाजिक सुरक्षा सेवा ईकाई र आमा सुरक्षा कार्यक्रमको लागि रकम व्यवस्थापन गर्न माग गरेको छ ।

मुख्यमन्त्री गुरुङसँगको भेटमा अस्पताल विकास समितिका अध्यक्ष राना मगरले अस्पताल सुधारको लागि भएका नीतिगत अस्पष्टतालाई हटाउन आग्रह गरेका थिए । माग पत्र बुझे पछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री गुरुले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *