हुन्द्राफेँदीमा माथीबाट सुख्खा पहिरो खसेर स्काभेटर तमानखोलाको किनारमा !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर १३ । ढोरपाटन नगरपालिका ४ हुन्द्राफेँदीमा सडक निर्माणको काम गर्दा गर्दै स्काभेटर दुर्घटनामा परेको छ । दुर्घटनामा परेको स्काभेटर सडकबाट १५ मिटर तल तमान खोलामा खसेको अवस्थामा रहेको छ । सडक खन्दै गरेको अवस्थामा माथीबाट सुख्खा पहिरो खसेर दुर्घटना भएको बुझिएको छ ।

बुर्तिवाङ-खुँखानी-बोँगादोभान जोड्ने सडक निर्माणमा रहेको स्काभेटर दुर्घटनामा परेको हो । स्काभेटर सडकबाट तमान खोला किनारमा खसेको छ । दुर्घटनामा घाईते सहचालक निसीखोला ६ भल्कोट निवासी बर्ष २५ को दलमान बुढाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पछी डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रनानि मंगल गुरुङले दिएको जानकारी अनुसार दुर्घटना दिउँसो ३ बजे भएको हो ।

स्काभेटरका चालक पिसाब गर्न गएको बेला माथीबाट खसेको सुख्खा पहिरोले स्काभेटरलाई खसालेर तमान खोलामा पुराएको प्रत्यक्षदर्शीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *