धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा रेलिङ्ग सहितको सिँढी निर्माण गरिदै !

कौरव खत्री, गुल्मी, २०७५ मंसिर १३ । गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गापोखरी देखि रेसुङ्गा यज्ञशालासम्म जाने बाटोमा रेलिङ्ग सहितको सिढि निर्माण कार्य शुभारम्भ भएको छ ।

रेसुङ्गामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु पोखरी देखि माथी यज्ञशालासम्म हिडेर जाने बाटो भएकाले यस्तो रेलिङ्ग सहितको सिढि निर्माण गर्न लागिएको हो ।
बुधवार रेलिङ्ग सहितको सिढि निर्माण कार्यको शिलान्यास गदै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले रेसुङ्गाको विकासका लागि रेसुङ्गा नगरपालिका मात्र नभएर जिल्लाका सबै स्थानीय तहहरुले बिशेष जोड दिने बताए ।

गुल्मी उद्योग बाणिज्य संघको १० लाख लागतमा रेलिङ्ग सहितको सिढि निर्माण कार्य सुरु गरिएको हो । निर्माण कार्यको क्रममा आर्थिक अभाव र कुनै समस्या परेमा सबैबाट सहयोग संकलन गरेर यसलाई पुरा गरिने छ ।

रेसुङ्गा नगरपालिका वडा नं. ८ खानिगाउँ देखि रेसुङ्गा पोखरीसम्म जानको लागि यातायातको सुविधा भएता पनि त्यहाँबाट यज्ञशाला पुग्न पैदलमार्ग बनाउने योजना रहेकोले सिढि बनाउन रेलिङ्गको निर्माण कार्य २ करोड ५० लाखमा सम्पन्न गर्ने योजना रहेको गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *