इमान्दारीतापूर्वक ग्यासको आपूर्ति गर्न व्यवसायीलाई प्रजिअ पाण्डेको आग्रह !

हरि शर्मा बागलुङ, २०७३ फागुन २९ । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले ग्याँस विक्रेता तथा व्यवसायीहरुले मर्यादा र इमान्दारीपूर्वक उपभोक्तालाइ ग्यासको सहज आपूर्ति गरी आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन । एलपी ग्याँस विक्रेता संघ बागलुङको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै उनले उपभोक्ताको हितमा रहेर व्यवसाय सञ्चालन गर्न र समय समयमा हुनसक्ने ग्यासको अभावलाइ दृष्टिगत गरी ग्यासको अभाव हुन नदिइ आवश्यक व्यवस्था गर्न आग्रह गरे ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ’ बासु’, कार्यबाहक अध्यक्ष युवराज राजभण्डारी, महासचिव दयाराम पौडेल,उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ,नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एलपी ग्याँस विक्रेता संघका सचिव अगम पालिखेले प्रगती प्रतिवेदन र कोषाध्यक्ष नरिश्वर शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनले महेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय एलपी ग्याँस विक्रेता संघ गठन गरेको छ । सर्वसम्वत चयन भएको संघको उपाध्यक्षमा गुरुप्रसाद शर्मा, महासचिव अगम पालिखे, सचिव हरिप्रसाद आचार्य, कोषाध्यक्ष नरिश्वर शर्मा चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा लालबाबु केसी, भीमबहादुर खत्री, राजु गौतम, राजेन्द्र शर्मा, महेन्द्र श्रेष्ठ, गणेश लम्साल चयन भएका हुन ।
उपाध्यक्ष राजकपुर श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अगम पालिखेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.