खतराको घन्टीको रुपमा सडक किनारमा रहेको बिद्युत टान्सफर्मर अबिलम्ब हटाउन स्थनियको माग !

गुमानसिंह भण्डारी, गल्कोट २०७५ मंसिर १३ । गल्कोट नगरपालिकाको बाँसखोलामा विद्युतीय जोखिम बढेको छ । मध्यपहाडी लोकमार्गको छेउमा टान्सफर्मर भएको हुदाँ जोखिम बढेको हो । नेपाल बिद्युत प्राधिकरणको लापरबाहीका कारण कुनै समय उक्त स्थानमा ठुलै दुर्घटना हुने संभावना देखिएको छ । खतराको घन्टीको रुपमा सडक किनारमा रहेको टान्सफर्मर अबिलम्ब हटाउन स्थनियले माग गरेका छन्

मध्यपहाडी लोकमार्गमा कालोपत्रे भएसँगै सवारी साधनको गति तिब्र हुने र उक्त स्थानमा घुम्टी पर्ने हुदाँ सडकको छेउमै भएको टान्सफर्मरमा ठोकिने प्रबल सम्भावना भएको स्थानिय चिराग रानाले ईबागलुङलाई जानकारी दिए । उक्त टान्सफर्मरबाट दैनिक सयौँ सवारी साधनहरु र मानिसहरु आवतजावत समेत गर्ने गरेको रानाको भनाई छ ।

ट्रान्स्फर्मर छृवैबाट बढी मात्रामा बिद्यार्थीहरु आवतजावत गर्ने हुदाँ बाटोमै भएको टान्सफर्मरमा छुने सम्भावना देखिएको छ । आफुहरुले पटक पटक यस बिषयमा आवाज उठाए पनि सुनुवाई नभएको स्थानियको भनाई छ । बिहुमा दुइ जना छात्राहरुको ज्यान लिने गरी भएको विद्युत पोल दुर्घटनाको समयमा गल्कोट नगरपालिका वडा नम्बर ९ बाँसखोलाको टान्सफर्मर चर्चामा आए पनि त्यसको ब्यवस्थापनतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानियको भनाई छ ।

वडा अध्यक्ष तेज बहादुर थापाका अनुसार अनौपचारिक रुपमा टान्सफर्मर सार्ने बिषयमा नोलाईट कार्यालय हटियामा कुराकानी भएको र अब तत्कालै निबेदन सहित जाने बताए । बासखोलाबासी सँगै मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रुका लागी समेत टान्सफर्मर जोखिम बनेको छ । उक्त स्थान भएर रातमा समेत यात्रा गर्न समस्या पर्ने देखिएको वडा अध्यक्ष थापाले ईबागलुङलाई बताए । टान्सफर्मरलाई खुल्ला तरिकाले राखिएका कारण बढि बालबालिकाका लागी जोखिम देखिएको छ । गलकोट हटियाको प्रहरी चौकी नजिकै रहेको टान्सफर्मरमा समेत जोखिम बढेको छ । यस बिषयमा पटक पटक समाचार सम्प्रेषण गरे पनि सुनुवाई भएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *