निसीभूजी जनता क्याम्पसलाई स्मार्ट क्याम्पस बनाउन सहयोगको लागि यामु पौवीको फेसबुक अभियान !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर १३ । बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव २०७५ मुल आयोजक समारोह समितिका तर्फबाट उपाध्यक्ष एवं प्रचार प्रसार संयोजक (फेसबुक)यामु पौवीले एक अपील प्रकाशित गरी महोत्सवलाई सफलपार्न सबैसंग आग्रह गर्दै फेसबुक अभियान चलाएका छन् ।

उनले अपीलमा भनेका छन्, ‘बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र निसी,भुजी, तमानको संगम स्थल बुर्तिबाङमा २८ बर्ष अगाडी हाम्रा अभिभावकज्यूहरुले हामीले महँगो खर्च गरि उच्च शिक्षा अध्ययनको लागी गाउँ घर छोडी शहर जान नपरोस् घर अगाडी नै हाम्रा सन्ततिले उच्च शिक्षा हासिल गरुन् भन्ने पवित्र मनसायले स्थापित निसी भूजी जनता क्याम्पस केहि वर्ष यता आर्थिक अभावका कारण निकै ढलमलाउदो अबस्थाबाट गुज्रिएको छ। यसलाई ढल्न नदिन यहाँका पिछडिएको कुमाल बस्तीले करोडौं पर्ने जग्गा निशुल्क दान दिएर स्थापित गराएकाृ यस निसीभूजी जनता क्याम्पसलाई शिक्षा दानवीर हरुबाट प्राप्त चन्दा सांसद बिकास कोष विभिन्न निकायबाट आर्थिक संकलन गरि सुबिधा सम्पन्न भवन निर्माण गरिदिनु भएको छ।’

‘अब यसलाई थप स्मार्ट र सुबिधा सम्पन्न शिक्षा प्राप्त गर्नको लागी चलाउने जिम्मा तपाईं हाम्रो काधमा आइपुगेको छ। म पनि २०५६ सालमा यहीँ क्याम्पसमा अध्ययन गरेको विद्यार्थी हु।अब हाम्रा सन्ततिले पनि गुणस्तरिय शिक्षा हाँसिल गर्नका लागी बाहिर जान नपरोस्, कम्प्युटर, प्रोजेक्टर माध्यमबाट अध्ययन यहीँ गरुन भन्ने अभिप्रायले (शिक्षाको लागि महायज्ञ) को आयोजना गरिएको छ, जसको एउटै लक्ष्य स्मार्ट क्याम्पस निर्माण गर्नु रहेको छ । तसर्थ यस क्याम्पसबाट उच्च शिक्षा हासिल गरि बिदेशमा रहनुहुने, सरकारी गैरसरकारी क्षेत्रमा कार्य गर्नु हुने निसी भुजी तमान क्षेत्रलाई जन्मघर बनाई विभिन्न स्थानमा कर्मथलो बनाउनु हुने माहानुभावहरुलाई स्मार्ट क्याम्पस बनाउनको लागी यहीँ मङ्सिर १५ गते देखी २१ गते सम्म हुने शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हुँदा उपस्थिति भै शिक्षा क्षेत्रमा टेवा पुराउनु हुन सम्पुर्ण दानवीरज्यूहरुमा हार्दिक अपिल गर्दछु ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply