सरुवा गरिएको कार्यालयमा नजाने कर्मचारीलाई हाकिमको आशीर्वाद !

कुस्मीसेरा, २०७३ पुस २१ । जिल्ला पशु सेवा कार्यालय पर्वत कुस्माबाट बागलुङ जिल्लाको कुस्मीसेरा स्थित क बर्गको पशुसेवा केन्द्रमा सरुवा भएका एक प्राविधिक चार महिना बित्दापनि हाँजिर हुन आएका छैनन् ।

जिल्ला पशु सेवा कार्यालय पर्वतमा बरिष्ठ पशुविकास अधिकृत पदमा कार्यरत विष्णुबहादुर पाण्डे सरुवा भएको कार्यालयमा जान अटेर गरेपछी कुस्मीसेरा स्थित पशुसेवा केन्द्र प्रमुख विहीन बनेको हो ।

२० वर्ष देखी पर्वत जिल्ला पशु कार्यालयमा पलेटी मारेर बसेका पाण्डे राजनीतिक शक्तिको आडमा कुस्मामै बसेका छन् भने कुस्मीसेरा स्थित क वर्गाको पशुसेवा केन्द्रबाट सेवाग्राही निरास भएर फर्कने गरेका छन् । पाण्डेलाई युवा लक्षित कार्यक्रममा मनोमानी गरी लापर्बाही गरेका कारण विभागले कार्वाही स्वरुप कुस्मीसेरामा रहेको पशुकेन्द्रमा सरुवा गरेको सुत्रले बताएको छ ।

जिल्ला पशुसेवा कर्यालय बागलुङका अनुसार कुस्मीसेरामा नाप्रास प्रताप पौडेलले काम चलाएका छन् ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख गोपाल गिरीले सरुवा भएको स्थानमा हाँजिर हुन नजाने कर्मचारीलाई ताकेता नगरेको बताईन्छ । सरुवा गरिएको कार्यालयमा नजाने कर्मचारीलाई हाकिमले ताकेत गर्नुपर्ने यसो गर्दापनि अटेर गरे कार्बाही गर्नुपर्नेमा उल्टै हाकिमले कर्मचारीहरु सरुवा भएका स्थानमा जाँदा व्यवस्थापन आदि कामले केहि ढिला भएकोभन्दै पाण्डेको अटेरीपनको ढाकछोप गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *