धार्मिक महोत्सव तयारी सम्वन्धी बैठक सम्पन्न, बिभिन्न व्यक्तिहरुलाई जिम्मेवारी बाँडफाँड !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर १२ । निसीभुजी जनता क्याम्पसलाई जिल्लाको पश्चिम क्षेत्रकै स्मार्ट क्याम्पसको रुपमा विकास गन आगामी मंसिर १५ गते शुभारम्भ गरिने बागलुङ ढोरपाटन धार्मिक तथा शैक्षिक महोत्सब” २०७५ को तयारी को सिलुिलामा विशेष छलफल गर्न महोत्सव मुल समारोह समितको बैठक सम्पन्न भएको छ । मुल समारोह समितिका अध्यक्ष एवं निसीभूजी जनता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालको अध्यक्षता ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यतामा भएका् बैठक विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ ।

धार्मिक महोत्सवका पवचनकर्ता ईश्वर शरण महाराजको समुस्थितीमा सम्पन्न छलफलमा नगर उपप्रमुख करमती पुन, समाजेसेवी हर्कबहादुर गुरुङ समाजसेवी तुलसी अर्याल लगायतको सहभागिता रहेको थियो ।

बैठकले धार्मिक महोत्सवलाई भव्य एवं सभ्यरुपमा सम्पन्न सबै सक्रिरुपमा लाग्ने बचन बद्धता सहित विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँड फाँड गरिएको छ । आज बाँडफाँड गरिएको जिम्मेवारी अनुसार तुलसी अर्याललाई विभिन्न राजनीतिक दलहरुसंग समन्वय गर्न जिम्मेवारी दिईएको छ भने नगरपमुख नेपालीलाई स्थानीय तहसंग समन्वय गर्ने जिम्मा दिईएको छ ।

्यसैगरी विभिन्न संघसंस्थाहर संंग समन्वयकारी भूमिका खेली धार्मिक महोत्सव सफल पार्न ईलाका प्रशासन कार्यालय बुर्तिवाङका प्रमुख नन्दराम भुसाल, पूर्व शिक्षकहरु संग समन्वय गर्न श्रोतव्यक्ति हरिचन पाण्ड्े, आवासीय विद्यालयहरुसंग समन्वय गर्न पूरण पाण्डे, बैदेशिक समन्वयको जिम्मा धीरप्रताप सिँह, स्वास्थ्य व्यवस्थापन रितुवर्ण पौडेल लगायतलाई जिम्मेवारी तोकिएको छ । कार्यक्रमको सन्चालन महासचिव राम सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *