चौराहा लगायत गल्कोट क्षेत्रका पर्यटकीय स्थलहरुमा होम स्टेको व्यवस्था जरुरी !

गुमानसिँह भण्डारी, गल्कोट ३०७५ मंसिर १२ । गल्कोट धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रूपले पर्यटन क्षेत्रको सम्भावना बोकेको क्षेत्र हो, तर गल्कोटमा पर्यटकहरूका लागि सडक र आवासको राम्रो सुविधा नहुँदा आन्तरिक बाह्य पर्यटकहरू भित्रिन सकेका छैनन् । गल्कोटका घुम्टे, निलुवा, राजाको दरबार, कालीलेक, हलहले, चौराहको बस्ती गल्कोटका पर्यटकीय स्थलका रूपमा परिचित र सम्भावना भएका ठाउ हुन । यहाँ पर्यटकलाई आवश्यक पर्ने सुविधा को अभावव छ । स्थानीय सिताराम पुन भन्छन्, “सुविधा सम्पन्न भयो भने मात्र गल्कोटमा पर्याप्त मात्रामा पर्यटक आउन सक्छन ।”

गल्कोट क्षेत्रमा भएको दुदिलाभाटी चौराहको गाउ अहिले पनि ओझेलमा परेको स्थानीयहरू बताउँछन् । होम स्टेका लागी राम्रो सम्भावना भएर पनि ओझेलमा पर्नु आफैमा दुखको बिषय भएको स्थानिय हिरा काउचाको भनाई छ । मध्यपहाडी लोकमार्गको आडैमा चिटिक्क मिलेको बस्ति चौराहमा आन्तरिक तथा बाह्य पर्यटनका लागी बस्ने ब्यवस्थापन गर्न सक्ने हो भने नगरपालिकाको आयस्रोतमा समेत बृद्धि हुने वडा २ का अध्यक्ष हेमन्त भण्डारीले बताए ।

अधिकांश मगर र केहि मात्रामा दलित परिवारको बसोबास रहेको चौराहमा गल्कोट क्षेत्र सँगै ढोरपाटन सम्म गएर फर्केने पर्यटकका लागी समेत बस्नका लागी सहजता हुने भण्डारीको भनाई छ । चौराह बस्ती गल्कोटमै होम स्टे सञ्चालनका लागी सम्भावना युक्त ठाउ हो भण्डारीले भने यसको लागी वडा र नगरपालिकाले पहल गर्न सके स्थानियले रोजगारी पाउनुका साथै नगरपालिकाको आयस्रोत समेत बढ्नेछ । गल्कोटमा अहिलेसम्म एउटा पनि होमस्टे सञ्चालन हुन सकेको छैन । होमस्टेका लागी गलकोट नगरपालिका वाड नम्बर २ नरेठाटीको तोरीखोला, रिघा, पाण्डवखानी चर्चामा आएपनि अहिलेसम्म पनि होम स्टे सञ्चालन हुन नसक्नु आफैमा द्ुखको बिषय भएको छ ।

त्यस्तै गल्कोटमा भएका प्राकृतिक र सास्कृतिक बिषयमा जानकारी लिने गरि एउटा पनि पर्यटन सूचना केन्द्र राखिएको छैन । गल्कोटको पर्यटकीय क्षेत्र घुम्टे, निलुवा, हलहले, कालिलेक लगायतमा ठाउमा पुग्नका लागी अझै पनि सड्कको राम्रो ब्यवस्था हुने सकिरहेको छैन । पर्यटक स्थालसम्म पुग्नका लागि पर्यटकहरूका लागि राम्रो बोटाको व्यवस्था हुनुपर्ने स्थानियको माग छ ।

गल्कोटमा रहेका पर्यटकीय स्थलमध्ये कुनलाई कति प्राथमिकता दिएर प्रचारप्रसार गर्ने योजना बनाउनुपर्ने वडा नम्बर ४ का बिकास सुवेदीले बताए । एकपटक आएको पर्यटकले अर्को पटक आउँदा उसले कम्तीमा पनि २ र ४ जना थप मान्छे लिएर आओस सुवेदीले भने त्यहा पो राम्रो छ, त्यहाँको पर्यटकीय स्थलमा जानुपर्छ भन्ने भावना विकास हुने गरी पर्यटकीय क्षेत्रको विकास गर्नुपर्छ ।

घुम्टे, निलुवा, सह्रश्रधारा, राजाको दरबार, कोटमैदान, हलहले, कालीलेक, गाजाको धुरी, पाण्डवखानी, रिघा, चौराहको बस्तीलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सके धार्मिक पर्यटक गल्कोटमा पर्याप्त मात्रामा भित्रिने गलकोट नगरपालिका वाड नम्बर ४ का ईश्वर सुवेदीले बताए । गल्कोटमा पर्यटक बस्नलायक होटलहरूको राम्रो व्यवस्था हुनुपर्ने स्थानियको भनाई छ । क्यानोनिङ खेलका लागी राम्रो सम्भावना भएको सह्श्रधारा झरनामा पर्यटकका लागि राम्रो व्यवस्था नहुँदा आउन नसकेको स्थानीयको दुखेसो छ । पछिल्लो समयमा झरना ब्यवस्थापनका लागी स्थानिय सरकार समेत लागी परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *