गल्कोटको एक मात्र विहारलाई पर्यटन गन्तव्य बनाउन वडा अध्यक्ष श्रीसको जोड

कमल पौडेल, गल्कोट २०७५ मंसिर १२ । गल्कोट नगरपालिकाकै एक मात्र विहार उदय रिघा वुद्ध विहार गल्कोट नगरपालिका वडा नं. ११ को आमभेला सम्पन्न भएको छ।

भेलाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्वर वहादुर श्रीसले गल्कोटकै एकमात्र वौद्ध विहारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न काम गरिरहेको भन्दै आवश्यक सहयोग गर्न स्थानियलाई आग्रह समेत गरे । रिघामा वौद्ध विहारलाई प्रमुख मानि होम स्टे लगाएतको विकास गरि आन्तरिक पर्यटन पर्वद्धन गर्न सकिने भन्दै अध्यक्ष श्रीसले आफ्नो ठाउँ निर्माण गर्ने अभियानमा सवैजना लाग्नुपर्ने वताए ।

भेलाले विहार व्यावस्थापन समितिको पुनर्गठन गरेको छ । जसको अध्यक्षमा शेर वहादुर काउचा, उपाध्यक्षमा भिम वहादुर श्रीस, सचिवमा देवेन्द्र पुन, कोषाध्यक्षमा भिमला घर्ती, सहसचिवमा पदम काउचा लगाएत ११ जाम रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *