नबीगाउँका अग्निपीडितहरुलाई राहत वितरण गर्न प्रजिअ खरेलको टोली ढोरपाटनमा !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर ११ । यहि मंसिर ९ गते बिहान ढोरपाटन नगरपालिका ९ को ढोरपाटन नबीगाउँमा आगलागी बाट पीडित परिवारहरुलाई राहत वितरण गर्न प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोली बुर्तिबाङ बजार देखी ढोरपाटन नबीगाउँ प्रस्थान गरेको छ । टोली आजै बागलुङ सदरमुकाम देखी बुर्तिवाङ आईपुगेको थियो ।

टोलीमा जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, ईलाका प्रशासन कार्यालयका प्रमुख नन्दराम भुषाल, बुर्तिवाङ ईलाका प्रहरी प्रमुख प्रनि ओमप्रकाश यादव,लगायत पत्रकार रहेका छन् ।

आगलागीबाट नबीगाउँका ३० घर जलेर नष्ट भएको थियो भने २३ घरलाई नेपाली सेनाको हनुमानध्वज गुल्मको सक्रियतामा जोगाईएको थियो । गाउँका मानिसहरु जाडोका कारण सबै बेसी गाउँ झरेको हुनाले कुनै मानवीय क्षेती नभएपनि ३० घरमा बसोबास गर्ने ४८ परिबारको करीब ३ करोडको क्षती भएको थियो । ४ जना कुरुवाहरुमात्र रहेक अवस्थामा आगलागी भएको थियो । अनुसन्धानको क्रममा प्रहरीले केहि व्यक्तिलाई पक्राउ गरेको बताईएको छ ।

यो पनि पढौं
ढोरपाटनको नवी गाउँमा भीषण आगलागी, नेपाली सेनाको प्रयासबाट गाउँ नै खरानी हुन बाट जोगियो !

पीडित ४८ परिवारलाई ढोनपाबाट एक/एक लाख सहयोग, टिनको छाना नगरप्रमुखको निजी खर्चमा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *