बडीगाड महोत्सवमा ३ करोड वढीको कारोवार, एक लाख भन्दा बढी दर्शकव्दारा अवलोकन !

कमल पौडेल बडिगाड बागलुङ २०७५ मंसिर १० । प्रथम बडीगाड महोत्सव तथा पौंदी न्वागी मेला २०७५ मा झण्डै ३ करोड वढी कारोवार भएको बडीगाड संस्कृति प्रवद्र्धन केन्द्रले जनाएको छ।

सोमवार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रले १ लाख वढी दर्शकले मेलाको अवलोकन गरेको भन्दै स्थानिय कला, संस्कृति, र उत्पादनको प्रवद्र्धन तथा बडीगाड गाउँपालिका भित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न यो महोत्सव अविस्मरणीय र ऐतिहासिक भएको वताएको छ ।

अध्यक्ष कलाधर घिमिरे र सचिव विष्णु प्रसाद आचार्य द्धारा हस्ताक्षरीत विज्ञप्तीमा “प्रथम बडीगाड महोत्सव तथा पौंदी न्वागी मेला २०७५ शान्त र भव्य रुपमा सम्पन्न भएको सुखद् समचार सम्प्रेषण गर्न पाउँदा हामी सवै हर्षित छौं” भनिएको छ । विज्ञप्ती मार्फत महोत्सव आयोजकले कार्यक्रममा सहभागिता जनाउने अतिथि, खेलाडी, कलाकार, पत्रकार, सहयोगी संघ संस्था लगाएत सम्बद्ध सवैलाई धन्यवाद व्यक्त गरेको छ ।

बडीगाड संस्कृति प्रवद्र्धन केन्द्रको आयोजना, सितुरियो कराँते बडीगाड डोजोको सहआयोजना तथा बडीगाड गाउँपालिकाको मुख्य प्रवद्र्धनमा मंसिर १ देखि ९ गते सम्म खार वजारमा महोत्सव तथा मेला सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *