कविता: मङ्सिर महिना …

लैजान्छु म तिमिलाइ मेरो आफ्नै ठाउँ
जहाँ हरेक पाइलामा
मेरा पू्र्खाको पसिना छ
अनि म ताते ताते गर्दै हिड्न सिकेको
मेरि आमाले मेरा लागि
पहाडलाइ समथर बनाएको ठाउँ
मेरा बाबाको हात समाउदै म हिडेको बाटो
लैजान्छु म तिमिलाइ मेरो आफ्नै ठाउँ
।।।

म धेरै चोटि लडेर पाइला सार्न जानेको ठाउँ
भिर पाखा अनि कन्दरा
जस्ले मलाइ जिउन सधै प्रेणणा दिइरहे
सेतो हिमालको काखबाट निस्केको कन्चन पानी खाउला
झरना अनि नदिको प्रवाहमा रमाउला
रातै गुरास फुल्ने बन
जहाँ
म सधैं गोठालो जान्थे
मकै अनि भट्ट्मास खान्थे
हो तेहि ठाउँ आज नितान्त एक्लो छ
सबै देख्छु आज म गाउँ छाड्नेहरु
सबै देख्छु आज म माया मार्नेहरु
हो
लैजान्छु म तिमिलाइ मेरो आफ्नै ठाउँ
।।।

अमृत समान आमाको दूध खाएर हुर्केको
असिम प्रकृतिको माया पाएर हुर्केको
भिर पाखा अनि कन्दरामा लैबरी गाएर हुर्केको
नजानी नजानी क ख ग पध्दै हुर्केको
म सङै लुकामारी खेलेका ती खोरियाहरुले अचेल
सोच्दाहुन,
सबैले मलाइ छाडेर गए
हो म तिमिलाइ तेहि ठाउँ लग्न चाहन्छु
जहाँको हरेक गोरेटोले मलाइ चिनोस
हरेक खोरिया ले मलाइ चिनोस
अनि म गोठालो गएको बनले मलाइ चिनोस
जहाँ म औशिको निस्क्पट रातमा पनि
कुनै जुनकिरी को सहारा नलिइ हिड्न सक्थे

हो तेहि ठाउँ लैजान चाहन्छु म तिमिलाइ
सधै सधै आफ्नो बनाइ
अनि मेरा सारा गोरेटा डोबाटा
अनि खोरियाहरुलाइ भन्ने छु
आफ्नै गाउँ फर्केर आए
तिमिलाइ पनि सेवा गर्ने सङिनी लिएर आए
लैजान्छु म तिमिलाइ मेरो आफ्नै ठाउँ
।।।

मेरा बाबा आमाको पसिनाले आर्जेको
त्यो पवित्र मन्दिरमा
तिम्रो हातले दियो समाइ
सधै सधैं खुशिको डुङ्गा जस्तै
दुखलाइ मुनि पार्ने कसम खादै
सङै जिउने अनि मर्ने प्रणण गर्दै
जहाँ तिम्रो पैतलाको स्पर्शले
मेरो बाबा आमाको त्यो पुरानो खरको झुपडी पनि
पवित्र सुनको स्वणृम मन्दिरमा परिणत हुनेछ
हो त्यही लैजान्छु म तिमिलाइ
जहाँ मेरा बा आमा थालीमा अक्षेता अनि
कलशमा जल लिएर
तिम्रो आगमनलाई स्वागत गरिरहेका हुनेछन
लैजान्छु म तिमिलाइ मेरो आफ्नै ठाउँ !

-शंकर पाण्डे
बुर्तिबाङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *