बोहोरागाउँको रंगीन युवा क्लबको दशौ बार्षिकोत्सव होली विशेष रंगीन कार्यक्रम सुरु !

कुम्बिर बिस्वकर्मा/ बागलुङ २०७३ फागुन २९ । बागलुङ निसीखोला गाउँपालिकाको बोहरागाउँ झिवाखोला स्थित रंगिन युवा क्लबले आफनो दशौ बार्षिकोत्सवका अवसरमा आज फागु पूर्णिमाका दिन होली बिशेष कार्यक्रमको आयोजना गरेको छ । होली विशेष कार्यक्रमको एक समारोहवीच कार्यक्रमका प्रमुख अतिथी समाजसेवी तुलसीराम रेग्मीले व्यानर उघारेर तथा सप्तरंगी रंग अबीर उडाएर गरेका थिए ।

क्लबका अध्यक्ष रमेश बिक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष किरण शाहीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सन्चालन क्लबका सल्लाहाकार उमानन्द रेग्मीले गरेका थिए ।

होली विशेष रंगीन कार्यक्रममा विभिन्न राजनीतिक पार्टी प्रतिनिधि ,संघसस्थाका प्रतिनिधि ,समासेबी बुद्धिजीबी ,कलाकार ,सन्चारकर्मी एबं स्थानीय निसी खोला गाउँपालिका लगायत विभिन्न ठाउँबाट मानिसहरुको ठूलो भीड लागेको थियो ।

प्रमुख अथिती रेग्मीले क्लबले समाजसेवालाई निरन्तरता दिए समाज परिवर्तन र स्थानीय स्तरमा भएका कला र प्रतिभालाई क्रमश बाहिर प्रस्फुटन गर्न महत्वपुर्ण भुमिका खेल्ने र शिक्षा ,सामाजिकआर्थिक क्षेत्रमा सुधार गर्न क्लबको दायित्व रहेको बताएका थिए । सो अवसरमा समासेवी युवा खिम बिक्रम शाहीले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार एबम् लोकडोहरी गायक पिएन सापकोटा र राष्ट्रिय कलाकार एबम लोक गायिका प्रीति आले मगरको बेजोड प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरुबाट ,नाटक, नृत्य र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहेको थियो।

भोलिबाट क्लबले आयोजना गरेका खेलकुद क्लब स्तरीय पुरुष भलिबल ,आडियल डान्स, मायालु भाकामा लोकदोहरी , रङ्गिन ग्रुप डान्स सुरु हुने क्लबले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *