गल्कोट नगरपालिकामा वडावडाबाटै कर संकलन गर्ने योजनाको कार्यान्वयन सुरु !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ मंसिर १० । गल्कोट नगरपालिकाले वडा स्तरबाटै कर संकलन गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ । स्थानियको समस्यालाई मध्यनजर गरि वडावडा बाटै कर संकलन गरिन लागेको नगर उपप्रमुख रेनुका काउचा मगरले बताईन । आईतबार नरेठाँटीबाट कर संकलनको अभियान सुरु गरिएको छ ।

कार्यक्रममा बोल्दै नगरउपप्रमुख काउचाले आफु जनताले चुनेको जनप्रतिनिधि भएका कारण जुनसुनै काम पनि जनताको साथमा रहेर गर्ने बताईन । अहिले हामी जननिर्वाचित प्रतिनिधि जनताको घरआगनमा पुगि उनिहरुको समस्या बुझ्ने र समस्यालाई टिपोट गरि क्रमश समाधान गर्दै जाने काममा अग्रसर भएको उपप्रमुख काउचाको भनाई थियो ।
जनताले आफुहरुलाई घरआगनमा देख्दा नगरप्रति सकरात्मक दृष्टिकोण बनाउने बताउदै अब बिशेष योजना बनाएर कामतर्फ लाग्ने काउचाको भनाई छ ।

नगरउपप्रमुख काउचाले नगर समृद्ध बन्नका लागी स्थानियले सहि तकिारले कर तिनुपर्ने बताउदै, जनताको करलाई सहि तरिकाले जनताकै चाहाना अनुसार प्रयोग गर्ने स्पष्ट पारिन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमले यसअधि सरकारको कानुनी प्रक्रियामा समस्या भएका कारण नगरपालिकामा मालपोत कर लागु गर्न नसकेको उल्लेख गर्दै अब वडा वडामा पुगेर कर संकलन गर्ने बताए ।

वडा नम्बर २ का अध्यक्ष हिम बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख रेनुका काउचाले सेवाग्राही दिल कुमारी कडेललाई कर तिरेको रसिद दिएर वडाबाटै कर संकलनको सुरुवात गरेकी हुन ।

यस अघि एकीकृत सम्पत्ती र मालपोतको कर तिर्न नगरपालिका भित्रका ११ वटै वडावासीहरु बागलुङ सदरमुकाम जानुपर्ने बाध्यता थियो ।

कार्यक्रममा वडा अध्यक्ष भण्डारीले कम्प्युटर प्रणालीबाट कर संकलन हुने हुदा सेवा सुरक्षित, चुस्त र छिटो छरितो हुने बताए। वडा कार्यालयले ३ दिनसम्म कर संकलन गर्ने बताएको छ ।

३ दिनसम्म कर नबुझाए २ नम्बरका वडावासी नगरपालिका जानुपर्ने वडा सदस्य घनश्याम कुबरले बताए । कार्यक्रममा कर तिरेपछि दिल कुमारी कडेलले वडामै कर तिर्न पाउदा पैसाको खर्च र समयको बचत भएको बताएकी थिईन । वडा अध्यक्ष भण्डारीले नागरिकहरुलाई कर तिर्न अब बागलुङ बजार जानु नपर्ने र अन्य बिभिन्न सेवा, सुबिधाहरु पनि कम्प्युटर प्रणालीबाटै सञ्चालन गर्ने बताए ।

वडा सदस्य घनश्याम कुबरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन वडा सचिव जमुना कार्कीले गरेकी थिईन । कार्यक्रम नगरपालिकाका प्रशासकीय अधीकृत अर्जुन शर्मा लगायतको सहभागीता रहेको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *