एन आर एन क्षेत्रीय अध्यक्ष खत्रीद्वारा खरुवा माबिलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा !

चन्द्रमणी न्यौपाने, गल्कोट २०७५ कंसिर ९ । एन आर एन क्षेत्रीय अध्यक्ष तथा गल्कोट समाज जापानका सल्लाहकार पम बहादुर खत्रीलाई गल्कोट नगरपालिका ४ खरुवा माद्यामिक बिद्यालयमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।

सम्मान कार्यक्रम पछि बोल्दै प्रमुख अतिथी खत्रीले आफुले प्रवासमा रहे पनि हरपल आफ्नै गाउँ समाजमा हरेक क्षेत्रमा सहयोग गर्दै आयको बताए । सोही अबसरमा खरुवा माध्यमिक बिद्यालयको भौतिक ब्यबस्थापनको लागि १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सद्स्य फम बहादुर खत्री, गल्कोट नगर कार्यपालिका सद्स्य शिव खत्री, प्रधानाध्यापक हेमराज गैरे लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता, शिक्षक मेघराज रेग्मिको स्वागत र शिक्षक गोबिन्द प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *