प्रदेश मन्त्री गुरुङव्दारा महोत्सव समापनको उद्घाटन, पुरुष भलिबलमा मदन भण्डारी स्पोर्ट्स प्रथम !

दिनेश भण्डारी, बडीगाड २०७५ मंसिर ९ । प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको समापन कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले समापन कार्यक्रमको पानसमा बत्तीबाली उद्घाटन गरेका छन् । यस अघी प्रदेश मन्त्री गुरुङले तुरतुरेको ताल अवलोकन गरेका थिए । नौका बिहारको लागी तयार राखिएको डुंगा (याफ्टिङ)मा भने ताल अवलोकन गर्ने ईच्छा व्यक्त गरेनन् ।

आजै सम्पन्न पुरुष भलिबल प्रतियोगितामा बडीगाड युवा मन्चलाई काठमाडौँको मदन भण्डारी स्पोर्ट्स एकेडमी टीमले १ का विरुद्ध ३ गोलले पराजीत गरी रु १ लाख २ हजार राशीको पहिलो पुरस्कार प्राप्त गरेको छ ।

दोश्रो हुने बडीगाड युवा मन्चले रु ६५ हजारमा चित्त बुझाएको छ भने तेश्रो हुने बुर्तिवाङ राईजिङ युवा क्लबले रु ३३ हजार पुरस्कार प्राप्त गरेको छ ।
महिला भलिबलपनि मदन भण्डारी स्पोर्ट्स एकेडमीले हात पारेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *