ढोरपाटन नबीगाउँको आगलागीमा रु २ करोड २८ लाखको क्षती !
पीडित ४८ परिवारलाई ढोनपाबाट एक/एक लाख सहयोग, टिनको छाना नगरप्रमुखको निजी खर्चमा !

ढोरपाटन २०७५ मंसिर ९ । आज विहान ३ बजेको समयमा ढोरपाटन नगरपालिका ९ बीगाउँमा भीषण आगलागी बाट ३० घर जलेर नष्ट हुँदा रु २ करोड २८ लाख ५० हजार बराबरको क्षेती भएको सहकर्मी ईन्द्र शाहीले जानकारी दिए ।

आज बिहान ३ बजे लागेको आगो पौने ४ बजेको समयमा ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मका मेजर रबिजंग खड्काको कमाण्डमा १ सय २० जनाको टोलीले आगो नियन्त्रणमा लिएको थियो भने जंगलमा आगो सल्कन बाट जोगाएको थियो ।

सो आजै हेलिकप्टरबाट नबीगाउँ पुगेर आगलागीबाट भएको क्षतीको बारेमा जानकारी लिएका नगर प्रमुख देव कुमार नेपालीले ईबागलुङ संगको कुराकानीमा आगलागीबाट जलेका ३० घर र त्यस्मा बस्ने ४८ परिवारलाई ढोरपाटन नगरपालिकाबाट एक/एक लाख रुपयाँ आर्थिक सहयोग दिने र आफ्नो व्यक्तिगत खर्चमा सबै घरहरुको छाना टिनले छाईदिने बताए ।

नगर प्रमुख नेपालीले नबी गाउँमा अब निर्माण गरिने घरहरु सबै एकै किसिमको हुने पनि बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *