न्यू डाइमण्डले जित्योे १ लाख पुरस्कार राशीको दिदीबहिनी महिला भलिवल !

महेन्द्र केसी, पर्वत २०७३ फागुन २९ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रथम दिदी बहिनी कप महिला भलिबल प्रतियोगिताकोे उपाधी न्यू डाइमण्डले जितेको छ । आईतबार भएको खेलमा एपीएफलाई ३–१ को सोझो अन्तरले हराउँदै डाइमण्डले उपाधि जितेको हो । त्यस्तै आर्मीलाई हराउँदै प्रहरी तृतीय भएको छ भने आर्मी सान्त्वनामा समेटिएको छ ।

विजेता न्यू डाइमनले रु १ लाख सहित ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ६० हजार र तेस्रो भएको प्रहरीले ४० हजार नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिमले सहभागिता जनाएका थिए ।

नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल सघको प्राबिधिक सहयोगमा उक्त प्रतियोगिता भएको थियो ।

तस्वीर- प्रकाश पौडेल, कुस्मा ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *