सक्न्यार दुर्घटनाका घाइते एक जनाको उपचारको क्रममा मृत्यू !

कमल पौडेल बडीगाड बागलुङ २०७५ मंसिर ९ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडीगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै शनिवार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गरपाला ९ रुकुमका नविन वुढाथोकीको उपचारका क्रममा मृत्यू भएको छ । सडकमा काम गर्ने ट्याक्टर चालक समेत रहेका वुढाथोकीको पाल्पामा उपचारको क्रममा गए राति नै मृत्यु गएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा गम्भिर घाइते भएका गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ नयाँपोखराका युवराज खड्काको पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं शिक्षण अस्पतालमा पुर्याइएको र उपचार सुरु भएको घाइतेका दाजु केयरसिंह खड्काले जानकारी दिए ।

शनिवार बडीगाड महोत्सव तथा न्वागी मेला हेरि फर्किने क्रममा ग १० प ८६४९ नं. को मोटरसाइकल बडीगाड गाउँपालिका वडा नं. २, आकाशेपुल नजिकै ज्याङ्ना भन्ने स्थानमा दुर्घटना भएको थियो। सडकवाट मोटरसाइकल २ सय मिटर तल बडीगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनारवाट निकालिएको थियो। दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा एक जनाको ज्यान गएको थियो। सो स्थानलाई अत्याधिक दुर्घटना स्थल घोषणा गरि सडक छेउमा आवश्यक सुरक्षा प्रवन्ध गर्न स्थानियले माग गरेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *