सेनाले तत्कालै फाएर लाईन बनाएर आगो जंगलमा फैलिनबाट राेक्याे !
ढोरपाटनको नवी गाउँमा भीषण आगलागी, नेपाली सेनाको प्रयासबाट गाउँ नै खरानी हुन बाट जोगियो !

ढोरपाटन, बागलुङ २०७५ मंसिर ९ । ढोरपाटन नगरपालिका ९ ढोरपाटनको नवी गाउँमा भीषण आगलागी भएको छ । विहानी पख ३ बजे लागेको आगो लाेगेको सूचना ड्यूटीमा तैनाथ सिपाहीले जनकारी दिदा साथ ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति मेजर रविजंग खड्काको नेतृत्वमा गएको १ सय २० जना सेनाको टोलीले ३० घरको आगो नियन्त्रण लिएर थप २३ घरमा आगोलागी हुन नदिन उल्लेखनीय काम गरेको छ । सेनाको टोली घटनास्थलमा विहान ३.४५ बजे पुगेको सहकर्मी ईन्द्र शाहीले ईबागलुङलाई जानकारी दिए ।

जंगलको फेँदीमा रहेको नवी गाउँलाई चारैतिरबाट सेनाको टोलीले आगो नियन्त्रणमा लिन भरमग्दूर प्रयास गरेको थियाे । गाउँको आगो जंगलमा फैलिन नदिन तत्कालै फाएर लाईन बनाएर जंगल जोगाईएको सहकर्मी शाहीले बताए । फाएर लाईन निर्माण गरी आगोलाई जंगलमा सल्किन नदिएर सेनाले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई जोगाउने ठूलो कार्य गरेकोमा ढोरपाटनबासीले प्रशंसा गरेका छन् । आगोलागी नियन्त्रणमा शिकार आरक्षका केहि कर्मचारीहरुले पनि सहयोग रहेको थियो ।

स्मरणीय के छ भने, चिसोका कारण ढोरपाटनबाट स्थानीयहरु सबै बेसी गाउँमा झरेको बेला नबीगाउँमा यो आगलागी भएको हो । आगलागी हुँदा गाउँमा ३।४ जना कुरुवाहरुमात्र रहेका थिए ।

आगोलागिको कारण थाहा हुन सकेको छैन भने सो आगलागीबाट भएको क्षेतीको विवरण आउन बाँकी छ ।

पछिल्लो जानकारी अनुसार, नवीगाउँमा आगलागी भएको थाहा पाएपछी बेसीगाउँ झरेका नवीगाउँबासीहरु ढोरपाटन फर्किरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *