मेला हेरी फर्कदा पिक अप जिपवाट खस्दा दुई जना घाइते !

कमल पौडेल, बडिगाड (बागलुङ) २०७५ मंसिर ९ । बडीगाड गाउँपालिका वडा नं. ५ खार वजारवाट भिमगिठे जाँदै गरेको ध १ ज ७७० नं. को पिक अप जिपको पछाडि बाट खस्दा २ जना घाइते भएका छन् ।

गुल्मी मालिका गाउँपालिका २ का वर्ष १६ का सागर विक र सोहि स्थानमा वस्ने वर्ष १५ का कृष्ण वहादुर अधिकारी घाइते भएको र घाइतेको बडिगाड पोलिक्लीनिक खार बजारमा उपचार भैरहेको प्रहरी चौकी खारका इन्चार्ज प्रहरी सहायक निरिक्षक लालमणि भट्टराई ले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *