छोरीलाई भेटेर घर फर्कदै गरेकी आमाको भीरबाट लडेर मृत्यु !

कृष्ण कँडेल, बागलुङ २०७३ फागुन २९ । छोरीलाई भेटेर घर फर्कने क्रममा भीरबाट लडेर ढोरपाटन नगरपालिका बोबाङकी एक महिलाको मृत्यु भएको छ ।
बोबाङ–३ की ४० बर्षिय डोली पुन छोरीलाई भेट्न अधिकारीचौर आएर घर फर्कने क्रममा बोबाङ–२ को छहरेखोला भीरबाट ३ सय मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा छोरीको घरबाट शुक्रबार आफ्नो घर फर्किएकी बिहिबार छोरीकोमा गएर घर नपुगेकी पुनलाई खोजी गर्दा भीरबाट लडेको अबस्थामा शनिवार साँझ शव भेटिएपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए ।

आज मात्र प्रहरी घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का पछि बुर्तिबाङ ल्याईएको शब पोष्टमर्टमको लागि अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *