बडीगाडको सक्न्यारमा मोटरसाईकल दुर्घटना, दुईजना गम्भीर घाईते, थप उपचारका लागि पाल्पा रिफर !

दिनेश शर्मा, बागलुङ (बडीगाड) २०७५ मंसिर ८ । पश्चिम् बागलुङ मध्यपहाडी लोकमार्गमा आज फेरी डरलाग्दो सवारी दुर्घटना भएको छ । दुर्घटनामा , दुइजना गम्भीर घाइते भएका छन । घाइतेहरुलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । उनिहरु बडीगाड महोत्सव हेरेर फर्किरहेका थिए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बडीगाड गाउँपालिका वडा नं। २ को सक्न्यार आकाशे पुल नजिकै ग १० प ८६४९ नं। को मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका हुन्। सो दुर्घटनामा गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ का अन्दाजी वर्ष ३५ का युवराज खड्का र रुकुम बरायाला ९ का ,वर्ष २६ का नविन वुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते दुवै जनालाई उद्धार गरि खर्वाङमा प्राथमिक उपचार पछि पाल्पा पठाइएको खर्वाङ प्रहरीले जनाएको छ। खड्काको टाउकोमा चोट लागेको र बुढाथोकीको खट्टा तथा हात दुवै भाँचिएको प्रहरीले जनाएको छ।

बडीगाड महोत्सव हेरेर फर्किने क्रममा सडकवाट मोटरसाइकल २ सय मिटर तल बडीगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनारवाट निकालिएको प्रहरीले जनाएको छ। दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा गुल्मी भुवाचिदी त्रिभुवन माविका शिक्षक गम्भीर भाईते भएका थिए भने उनकी श्रीमती बडाीगाडमा खसेकीले बगाएर मृत्यु भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *