उज्यालो हरिचौर अभियानमा ऐक्यवद्धता जनाउन गल्कोट नगरपालिका तयार : उपप्रमुख काउचा

घनश्याम गौतम गल्कोट २०७५ मंसिर ८ । गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगरले उज्यालो हरिचौर अभियान सकारात्मक परिवर्तनको भएको बताउदै गल्कोट नगरपालिकालाई नै उज्यालो बनाउने सुरुवातको काम हरिचौरबाट भएकोमा प्रशंसा समेत गरिन् ।

उनले समृद्धि र सुरक्षित आभाषको सुचक समेत उज्यालो हो, अभियानको सुरुवात नगरपालिकाकै युवाहरुको सक्रियाताबाट भएको छ, नगरपालिकाले यस अभियानमा एक्यबद्धता जनाउन तयार रहेको बताईन् । नगर उपप्रमुख काउचाले अभियानको उद्देश्य बमोजिम काम गर्नुपर्ने बताउदै, नगरपालिकाले युवाको साथमा काम गर्ने योजना रहेको स्पष्ट पारिन ।

संघिय सांसद देबेन्द्र पौडेलले भैली अभियानमा तत्कालै ५१ हजार सहयोग गरी दिगो तथा ब्यवस्थित रुपमा अभियान सञ्चालन भएमा अझै सहयोग गर्ने तथा प्रदेश र केन्द्रमा समेत पहल गर्ने बताएको अभियानका सदस्यहरुले बताए ।

नगर कार्यपालिका सदस्य कमला ढकालले उज्यालो अभियान, सुन्दर सडक बिस्तार, लगाएतका काम गर्न सकेमा पर्यटकको आर्कषण समेत बढ्ने बर्तान् । उज्यालो हरिचौर अभियानको पहिलो चरणको काम आज सम्पन्न भएको छ ।

हरिचौरमा सञ्चालन गरिएको उक्त अभियान अन्तरगर्त तल्लो बजार देखी हरिचौर बजार हुदै बिद्युत सव स्टेशन सम्मको क्षेत्रमा बिद्युत तथा बल्ब जडान कार्य सम्पन्न भएको अभियानका सयोजक हिरा बहादुर थापाले जनाकारी दिए ।

गल्कोटे राजाको दरवारले परिचित हरिचौर पछिल्लो समय उज्यालो हरिचौरको रुपमा चर्चामा आएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा वडा नम्बर ५को मुख्य सडक उज्यालो बनाउन सोलार स्टेट लाईट को योजनामा केही बजेट बिनियोजन गरेको भएपनि काम सुरु हुन सकेको थिएन् । वडामा कुनै त्यस्तो यस बर्षको योजना निर्माण नभएको भएपनि उज्यालो हरिचौर बनाउने लक्ष्य अनुसार अहिले दिन प्रतिदिन सुन्दर हरिचौर, उज्यालो हरिचौर, नमुना हरिचौरको अभियानले सार्थकता पाएको सदस्य इल्सन थापाको बुुझाई छ । अहिले सम्म हरिचौरको बजार क्षेत्रमा तथा बजार जोड्ने सडकमा करिब ४५ ओटा बल्बको जडान गरिएको भरत खत्रीले बताए ।

करिब १ सय ६६ घर परिबारलाई प्रत्यक्ष फाईदा हुने गरि सञ्चालन गरिएको अभियानको पहिलो चरणमा ४० ओटा बिद्युुतिय पोलमा बल जडान गरिएको सुमन बस्नेतले बताए । बिहान बेलुकाको अध्यारो समयमा बत्तीले साहारा दिने भएकोले उज्यालो हरिचौर अभियान सबैको साथि बन्ने स्थानिय दल बहादुर पुनले बताए । पुनले सबैले साथ दिए राम्रो कामको सुरुबात हुन्छ भन्ने उदाहरणको रुपमा उज्यालो हरिचौर अभियानलाई लिनुुपर्ने बताए । हरिचौर बजार क्षेत्र सगंै अहिले बडा नम्बर ५ को भैसे बजार क्षेत्रमा समेत अभियान सञ्चालन गर्न स्थानियले आग्रह गरको अभियानका सदस्य मिलन केसीले जानकारी दिए ।

उनका अनुसार देउसी भैलीबाट संकलित रकम कम छ, तै पनि हामी सिसिटिभि तथा सोलार लाईटको लागी पहलमा छौ, सहयोग पाएमा उक्त क्षेत्रलाईपनि उज्यालो पार्ने केसीको भनाई छ । उज्यालो हरिचौर अभियानको रुपमा सडक बत्ति जडान लगायतका काम गर्न पाउदा खुसी लागेको स्थानिय सुमन शर्मा निउरे र किसान ढकालको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *