मालिका देवीको दर्शनार्थ आउने श्रद्धालुहरुलाई समाजसेवी थापाले खुवाए नि:शुल्क चिया-पुरी !

कौरव खत्री, गुल्मी २०७५ मंसिर ८ । गुल्मीका एक व्यक्तिले मालिकादेवीको दर्शन गर्न आएका दर्शनार्थीहरुलाई निःशुल्क रुपमा चिया र खाजा सहयोग गरेका छन् ।

मुसिकोट नगरपालिका ६ कुर्घा मालिका निवासी समाजसेवी तप बहादुर थापाले सोही स्थानमा रहेको जिल्लामै एक प्रशिद्ध धार्मिक तथा पर्यटकीय रुपमा परिचित मालिकादेवी मन्दिरमा शुक्रवार बैकुण्ठ चतुदर्शीका अवसरमा लागेको मालिका मेला तथा मालिका देवीको दर्शन र पुजा आराधना गर्न आएका दर्शनार्थीहरुका लागि दर्शन गर्न आएका कुर्घा भन्दा बाहिरबाट सबै दर्शनार्थीहरुका लागि चिया र पुरी तरकारी निःशुल्क रुपमा सहयोग गरेका हुन ।

साथै सहयोगी एवं समाजसेवी थापाले भने,आफू विगत २८ बर्षयता निरन्तर भारतमा होटल व्यवसाय गदै आएको र आफूलाई मालिका देवीले सबै मनोकाङ्क्षा पूरा गरि दिएकोले मालिका देवीप्रति आफूलाई पूर्णविश्वास रहेकोले मालिका मन्दिरमा आफूले गेट निर्माण गरिदिनुका साथै खेल मैदानमा समेत २० हजार आर्थिक सहयोग गरेको बताए ।

त्यस्तै उनले भने, अरुले पनि यस्तै मालिका देवीप्रति सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि र यसैको सबैले सिको गरुन भन्नाका लागि आफूले शुक्रवार बैकुण्ठ चतुदर्शीका अवसरमा लागेको मेलामा मालिका देवीको दर्शन गर्नका लागि टाढा–टाढाबाट आएका १ हजार ५सय भन्दा बढि जना श्रद्धालुभक्तजन एवं दर्शनार्थीहरुलाई चिया र पुरी तरकारी निःशुल्क रुपमा खुवाउने र सहयोग गर्ने थापा मालिकाको पहिलो व्यक्ति हुन् ।

मालिकाको दर्शनका लागि गुल्मीका विभिन्न स्थानदेखि लिएर बागलुङ तथा अर्घाखाची, रुपन्देही लगायतका जिल्लाहरुबाट समेत पुजाआराधनाका लागि दर्शनार्थीहरुको घुइचो लागेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *