सांगीतिक प्रस्तुतिमा थ्यूरिदै बडीगाड महोत्सव !

दीपक पराजुली, खारबजार, (बडीगाड) २०७५ मंसिर ८ । जारी प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको शुक्रबार सातौँ दिन संगीतमय रह्यो ।

दर्शकहरुलाई महोत्सव स्थलमा राखिएका कृषिजन्य उपज, स्थानीय उत्पादन लगायत व्यापारिक स्टलहरु, विभिन्न खेल प्रतियोगिताहरु अवलोकन, भीरमौरीको मह, बडीगाडको असला माछाको परिकारको स्वाद चाख्न भन्दानि कतिबेला देखी लोक गायक गायिकाहरुको सांगीतिक प्रस्तुती सुरु हुन्छ भन्ने अधैर्यता देखियो ।

शुक्रबार आयोजित महिला भलिबल प्रतियोगिता हेर्ने दर्शकहरुको घुँईचो थियो । महोत्सव स्थलमा दर्शकहरुको ठेलम ठेल देख्दा कम्तीमा पनि आयोजकलाई डेढ लाख रुपयाँ भन्दा बढी प्रवेश शुल्कबाट आम्दानी भएको अनुमान गर्न गाह्रो थिएन । दर्शकहरु टनाटन थिए, खचाखच थिए, भुईँ खाली थिएन ।

शुक्रबारको साँझ लोक गायक एवं गायिकाहरु प्रजापति पराजुली र प्रीति आले तथा राजेश बर्देवा र मीना श्रीसको रह्यो । दर्शकहरु हातमा मोबाईल लिएर लाईभ दोहोरी देखी गायन र नृत्यलाई प्रसारण गरिरहेको दृश्य देखिन्थ्यो । यी गायक गायिकाहरुले दर्शकहरुलाई भरपूर मनोरन्जन दिए । दर्शकहरु संगीतमा झुम्न र उफ्रन थालेपछी आयोजक पनि मख्ख देखिन्थे ।

प्रस्तुत छ, शुक्रबारको साँगीतिक प्रस्तुती महोत्सवको केहि झलकहरु:














फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *