निवासमै पुगेर चाडपर्व खर्च हस्तान्तरण : पूर्णकली श्रीस भन्छिन- वडाले गरेको सहयोग आफुलाई अमृत सरह !

गुमानसिँह भण्डारी गल्कोट २०७५ मंसिर ७ । गल्कोटको नरेठाँटीमा जेष्ठ नागरिकलाई चाडपर्व खर्च बितरण गरिएको छ । आर्थिक वर्ष २०७५र०७६ को निती तथा कार्यक्रम मार्फत जेष्ठ नागरिकको सम्मान स्वरुप चाडपर्व खर्च दिने कार्यक्रम अन्तर्गत आज वडा नम्बर २ नरेठाँटीका ५ जना जेष्ठ नागरिकलाई ३ हजारका दरले रकम प्रदान गरिएको वडा अध्यक्ष हिम बहादुर भण्डारीले ईबागलुङलाई बताए ।

वडाध्यक्ष भण्डारीका अनुसार ‘दशैं अगाडि नै रकम वितरण गर्ने कार्यक्रम बनाएपनि प्राविधिक कठिनाइले अहिले बितरण गरिएको हो । आज घरमै गएर वडाध्यक्ष भण्डारीले गौता घर्ती मगर, अम्रिता श्रीस थापा, पुर्णकली श्रीस, अमर सिह श्रीस, बसन्त कुमारी भण्डारीलाई चाडपर्व खर्च हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालय मार्फत आफुहरुले घरमै बसेर चाडपर्व खर्च पाउदाँ स्थानिय सरकार हाम्रो साथमा छ भन्ने अनुभुति भएको अमर सिह श्रीसले बताएका थिए । यस खर्चले ठुलो समस्या समाधान नहुने भएपनि औषधी उपचारका लागी सहयोग पुग्ने श्रीसको भनाई छ ।

बुढेसकालमा कति कतैबाट सहयोग नपाए पनि वडाले गरेको सहयोग आफनो लागी अमृत सरह भएको पुर्णकली श्रीसले बताईन । आफुजस्ता धेरै जना बृद्धहरुलाई चाडपर्व खर्चले सहायता प्रदान गर्ने श्रीसको भनाई छ । आर्थिक रुपमा बिपन्न परिवारका लागी यस रकमले थोरै भएपनि राहत हुने भन्दै प्रत्येकको घरघरमा पुगेर प्रदान गरिएको वडा सदस्य भक्त बहादुर घर्तीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *