…र यो पनि, जीवन मृत्युको दोसाँधमा रहेको खच्चरलाई आरामदायी मृत्यु !

टिकाराम भट्टराई, बुर्तिबाङ, २०७५ मंसिर ७ । ढोरपाटन नगरपालिका वडा १ बुर्तिबाङ बजारमा खुट्टा भांचिएर जीवन मृत्युको दोसाँधमा रहेको एब खच्चरलाईे आरामदायी मृत्यु दिईएको छ ।

बु्रफ यु केको आर्थिक सहयोगमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखराको आयोजनामा प्राविधिक सहित ५ जनाको टोलीले ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा करिब १ महिना यता अलपत्र अवस्थामा रहेको, खुट्टामा लागेको घाउले काम गर्न नसक्ने र उपचार समेत सम्भव नभए पछि सो खच्चरलाई आरामदायी मृत्यु दिईएको पशु डाक्टर बिदुर पाख्रीनले बताए ।

खच्चरलाई पनि समस्या परेको, खच्चर मालिक र स्थानिय जन समुदायलाई समेत समस्या परेको हुदाँ ढोरपाटन नगरपालिका र खच्चर मालिकको सहमतिमा नै गत सोमबार पशु प्राविधिकहरु, डा पाख्रीन, भरत पोखरेल, केशर रानाभाट, पदम गुरुङ, रेशम पुन मगर र जीवन खत्रीको टोलीले आरामदायी मृत्यु गराईएको थियो ।

स्मरणीय छ उक्त टोलीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा कार्तिक २९, ३० र मंसिरको १ गते गरी स्थानीयले पालेका करिब ३ सय ५० घोडा खच्चरको निशुल्क उपचार गरेको थियो ।

जस अनुसार ३ वटा वडामा गरी ३ सय ५० घोडा खच्चरहरुमा ३५ मा घाउको उपचार, १३ अपाङ्गको उपचार, ७ वटाको आखाँको उपचार, ३० वटाको पिसाब सम्बन्धी समस्याको उपचार र २ सय ६२ लाई जुकाको औँषधी खुवाईएको थियो ।

ढुवानीका साधनहरु घोडा र खच्चरको उचित रेखदेख र हेरचाह नहुदा किसानहरुमा हुन पुगेको नोक्सानी तथा घोडा र खच्चरमा लागेका विभिन्न रोगहरुको निशुल्क उपचार गर्न विभिन्न २२ जिल्लाहरुमा ६–६ महिनाको अन्तरालमा पुग्ने गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *