गुल्मी मालिका देवीको मन्दिरमा श्रद्धालुहरुले चिच्याएर नभै मनमनै बर माग्न थाले !

कौरव खत्री वामी २०७५ मंसिर ७ । गुल्मीमा बैकुण्ठ चतुदर्शीका अवसरमा लाग्ने मालिका मेला तथा मालिकाको दर्शनका लागि बागलुङ तथा अर्घाखाची लगायतका जिल्लाबाट श्रद्धालु भक्क्तजनहरु मालिका मन्दिरमा आज विहानैदेखि मालिका देवीको दर्शन गर्ने तथा पूजाआराधन गर्ने हजारौ दर्शनार्थीहरुको घुइचो लागेको छ ।

परम्परा अनुसार एकदम चिच्याएर बर माग्न पर्छ भन्ने प्रचलन भन आजभोलि त्यो परम्परा क्रमश अहिलेको पुस्ताहरुले मनले कल्पना गरेपनि बर पाइन्छ भनेर सबैले मनमनै बर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताए ।

जिल्लाको मुसिकोट नगरपालिका ६ कुुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिन्छ । मालिका देवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्लाहरुबाट हजारौ दर्शनार्थीहरु मालिकामा आएर चिच्याएर बर माग्दा आफ्नो मनाकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाक्कल चढाउने र मन्दिरमा परेवा उडाउने र मालिका देवीको दर्शन गर्न शुक्रवार विहानै देखि मालिकामा भक्क्तजनको घुइचो लागेको छ ।

बैकुण्ठ चतुर्दर्शीको अवसरमा लाग्ने मेला र महोत्सवलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बागलुङ र अर्घाखाची लगायतका जिल्लाका विभिन्न स्थानहरुबाट अघिल्लो दिन अर्थात विहिवार साँझदेखि नै हजारौँ शदालु भक्तजनहरु मालिकादेवीको दर्शन आएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए ।
साथै दर्शनार्थीहरुलाई दर्शन गर्नका लागि पालैपालो लाइनमा बसेर दर्शन गर्ने व्यवस्था मिलाएको समितिका अध्यक्ष शर्माले जानकारी दिए ।

साथै समतिका अध्यक्ष शर्माले भने दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मध्यनजर गरि आज शुक्रवार विहानैदेखि मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तीका प्रतिक भएको हुदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको समितिका अध्यक्ष शर्माको भनाई थियो ।

मालिका देवीको दर्शन गर्न आएका शदालु भक्तजनहरुको घुइचोले मालिका क्षेत्रमा चहलपहल हुनाले मन्दिर आसपासमा रहेका होटल व्यवसाय,पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले लाखौको कारोवार गरेका छन् ।

शिव बैकुण्ठ चतुदर्शीको अबसर पारेर विगत केहि बर्षयता निरन्तर रुपमा मालिकाको प्रसार प्रचार गदै मालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुगोस भनि विगत निरन्तर रुपमा मालिका महोत्सव आयोजना गदै आएको मालिका महोत्सव समितिका आर्थिक संयोजक रामप्रसाद अर्यालले जानकारी दिए ।
बागलुङ जिल्लाको साबिक बाटाकाचौर गाविस स्थित बुढी बरजूको मन्दिरमा अद्यपि ठुलोश्वरमा चिच्याएर बर माग्ने प्रचलन रहि आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *