विभिन्न जिल्लाहरुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २८ जनाको मृत्यु !

काठमाडौं, २०७५ मंसिर ७ । बर्दिया, ईलाम, सिराहा, धनकुटा, धनुषा, काठमाडौं र दार्चुलामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार, बर्दिया गुलरीया नगरपालिका-१ खल्लास्थित सडकमा ३.ख ८५५४ नम्बरको बस बिहीबार दिउसो दुर्घटनामा हुँदा गम्भीर घाइते भएका बर्दिया बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १७ जना मध्य ११ जनालाई नेपालगंज नर्सिङहोममा र अन्य ६ जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेकोमा ७ जना डिस्जार्ज भएका छन् ।

ईलाम ईलाम नगरपालिका-१ साखेजुङस्थित सडकमा मे.१ ज ८१८ नम्बरको ट्याक्सी सडकबाट खसेर बिहीबार दिउसो दुर्घटना हुँदा ट्याक्सीमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय कैलाश गुरुङ र ४३ वर्षीय सुमन खनालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक ईलाम देउमाई नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गुरूङ, २० वर्षीय सहचालक सुनिल गुरूङ र २६ वर्षीय तुलसीकुमार बस्नेतको ईलाम अस्पतालमा उपचारमा भइरहेको छ ।

सिराहा कर्जन्हा नगरपालिका-२ कमलाखोलास्थित सडकमा ना. ४ ख ४८२५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सर्लाही हरीपुर नगरपालिका-९ बस्ने ४५ वर्षीय जगदिश ठाकुर समेत ४६ जना घाइतेहरुलाई मंगलम अस्पताल मिर्चैया र फुलकुमारी मेमोरियल अस्पतालमा पठाइएकोमा ठाकुर समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४३ जनाको सोही अस्पतालहरुमा उपचार भइरहेको छ ।

धनकुटा धनकुटा नगरपालिका-२ स्थित सामुदायिक बनमा को.१ ज १६५४ नम्बरको पिकअप अनियन्त्रित भई बिहीबार बेलुका दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४२ वर्षीय प्रेमबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३९ वर्षिय फत्तेबहादुर तामाङको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

धनुषा लक्ष्मिनियाँ गाउँपालिका-७ स्थित सडकमा ज.८ प २५७२ नम्बरको मोटरसाइकले ठक्कर दिदाँ गम्भीर घाइते भएका पैदलयात्री बर्दिया बडैयाताल बस्ने ५० वर्षीय शेरबहादुर मगरलाई जनकपुर अञ्चल अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बिहीबार दिउसो मृत्यु भएको छ । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका-२६ म्हपीस्थित सडकमा बा.८६ प ६४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राती दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर महानगरपालिका-७ ग्वार्को बस्ने काभ्रे महाभारत गाउँपालिका-५ का २९ वर्षीय रोशन थापाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

दार्चुला मालिकार्जुन गाउँपालिका-३ स्थित सडकमा म.१ ख ४३६ नम्बरको मिनिबस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका अस्फोट भारत बस्ने ४२ वर्षीय अनिल पालको शुक्रबार बिहान मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक उद्धार एवं स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *