गल्कोट नगरपालिका रित्तै : न नगर प्रमुख, न उपप्रमुख, न प्रशासकीय अधिकृत, न कर्मचारी, सब बाहिर !

नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी नहुदाँ सेवाग्राहीहरु समस्यामा !

गल्कोट २०७५ मंसिर ७ । गल्कोट नगरपालिकाको कार्यालयमा नगरप्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत देखी अधिकाँश कर्मचारीहरु कार्यालयमा नबस्ने गरेको सेवाग्राही गुनासो गरेका छन् ।

आज मंसिर ७ गते कार्यालय समयमा नगरपालिकामा पुगेका सेवाग्राहीहरुले नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी नहुदाँ समस्या भएको बताएका छन ।

‘नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा, प्रमुख प्रसासकीय अधिकृत कृष्णराज गौतम, प्रशासकीय अधिकृत अर्जुन पौडेल नै कार्यालयमा अनुपस्थित भएको पाईएकोले सेवाग्राहीहरुले आक्रोश व्यक्त गरेका हुन् ।

आज नगरपालिका कार्यालय पुगेका सेवाग्राहीहरुले नगर प्रमुख उपप्रमुख प्रशासकीय अधिकृत सबैको नेपल्पेटमा बाहिर लेखिएको बताए । सेवाग्राहीहरुले कार्यालयमा कर्मचारी नबस्ने गरेको, आफुखुसी कर्मचारीहरु पालैपालो विदामा बस्ने गरेको गुनासो गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *