तमानखोलाको बोङगादोभान स्वास्थ्य चौकीमा ल्याब सेवाको शुभारम्भ !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ मंसिर ७ । तमानखोला गाउँपालिकामा रहेको बोङगादोभान स्वास्थ्य चौकीमा बिहीबार ल्याव सेवाका शुभारम्भ गरिएको छ ।

गाउँपालिकाका नागरिकको स्वास्थ्य परीक्षण गाउँपालिका बाटै गर्ने उद्देश्य सहित फेयर मेन सँस्थाको सहयोगमा ल्याब मेसिन प्राप्त भएसंगै बिहीबार देखि औपचारिक कार्यक्रम गरेर ल्याब सेवा सञ्चालनमा ल्याईएको बोङगादोभान स्वास्थ्य चौकीका प्रमुख राजनकुमार थापाले ईबागलुङलाई बताए ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिती बागलुङका संयोजक राजेन्द्र ढुँगानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी ढुंगानाले बोल्दै स–साना स्वास्थ्य समस्याको निदान र चेकजाँचको निम्ती ग्रामिण क्षेत्रका नागरिकले सास्ती खेपिरहेको अवस्थामा गाँउपालिकाकै केन्द्रमा रहेको स्वास्थ्य संस्थामा सुचारु गरीएको ल्याब सेवाले धेरै राहत पुग्ने बताएका थिए । यस्तो रचनात्मक कार्यलाई विकट गाउँसम्म पुर्याउन जरुरी रहेको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष जोकलाल बुढाले बोल्दै आफुहरुले आफनो गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्न बिकासका पुर्वाधार र चेतना बृद्धि संगै समुन्नत समाज रुपान्तरणका निम्ती निरन्तर सक्रिय पहल गरिएको बताए । स्वास्थ्य सेवा जस्तो सम्बेदनशील क्षेत्रबाट गाउँपालिकाका नागरिक टाढा भईराखेको अवस्थामा पछिल्लो समय त्यस्ता समस्याको धेरै निकारण भईसकेको उनको भनाई थियो ।

कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष मानसरी शेरचन, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका बरिस्ठ जनस्वास्थय प्रशासक दिपक प्रसाद तिवारी, फेयर
फाउन्डेशन संस्थाका राष्ट्रिय निर्दशक निर्मला शर्मा, तमानखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कमल गौतम, ६ वटै वडाका अध्यक्ष, बिभिन्न कार्यालयका
प्रमुख लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम स्वास्थ्य चौकी प्रमुख राजनकुमार थापाले सञ्चालन गरेका थिए । ल्याब र आवश्यक सामागी्र सहित फेयर मेन सँस्थाको सहयोग रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *