उपचारमा भएको लापर्बाहीबाट एक सुत्केरी महिलाको अवस्था चिन्ताजनक !

आफन्तव्दारा घटनाको तत्काल छानविन र उचित क्षेतीपुर्तीको माग !

बागलुङ २०७३ फागुन २९ । धौलागिरी अन्चल अस्पतालमा सुत्केरी महिलाको अप्रेशनमा भएको लापर्बाहीबाट आन्तरिक रक्तश्राव नरोकिएपछी काठमाडौ स्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । सुत्केरी महिलाको अवस्था गम्भीर एवं चिन्ताजनक भएको उनका आफन्तले बताएका छन् ।

बागलुङ जैदीकी अनिता पुर्जाको गत माघ २६ गते सुत्केरी (डेलिभरी) गराउने क्रममा अप्रेशन पश्चात भएको आन्तरिक रक्तश्राव नरोकिए पछि पोखरा रिफर गरिएको थियो । पोखरामा पनि उनको उपचार हुन नसके पछि तत्काल हेलिकप्टर मार्फत काठमाडौमा लगिएको थियो र अहिले पीडित सुत्केरी पुर्जाको ग्राण्डी अस्पतालमा महंगो उपचार भैरहेको छ ।

आर्थिक अवस्था कमजोर भएकी पीडित सुत्केरीको थप उपचारका लागि उनका आफन्तले अस्पताल विकास समिति, चिकित्सक एवं प्रशासन समक्ष माग गर्दै आएका छन् ।

पीडित सुत्केरी अनिता पुर्जाका देवर ध्रुब राना मगरले एक प्रेस विज्ञप्ती प्रकाशित गरी घट्नाको सवालमा अस्पतालका डाक्टर र व्यवस्थापकहरु बिच पटकपटक छलफल गर्दा समेत पीडित परिवार प्रति वेवास्ता गरेको आरोप लगाउदै घट्ना सम्बन्धमा समयमै छानविन गरि आवश्यक कारवाही र उचित क्षतिपूर्तिको लगि माग गर्दै उनका आफन्तले विज्ञप्ती प्रकाशित गरेका छन् ।

धौलागिरी अन्चल अस्पताल विकास समितिका अध्यक्ष मन्जेसबम मल्ल, अस्पतालका सुपरिटेन्डेन्ट डा सागर राजभण्डारी र पीडितका आफन्तहरुवीच भएको बार्ता बिना निष्कर्श टुंगिएपछी नागरिक समाजले घटनाका सम्वन्धमा चासो लिन लागेको श्रोतले बतायो ।

उता धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागर राजभण्डारीले बिरामीको उपचारमा लापारवाही नगरेको बताउदै १० हजार मध्ये एक जनालाई त्यस्तो समस्या हुने बताए । डा. राजभण्डारीले अस्पतालका डाक्टरहरुले नै रक्तदान गरेर पीडित सुत्करीलाई पोखरा पु-याएको बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. Tam Kumar Purja pun

    यथाशीघ्र सत्य-तथ्य छानबिन गरि उचित क्षतिपूर्ति प्रदान हाेस् सम्वन्धीत निकायबाट भन्ने अाशा र अनुराेध छ मेराे पनि ।

Leave a Reply

Your email address will not be published.