ढोनपा-२ को वडा भेला सम्पन्न : विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता हुनु पर्छ – नेपाली

झरना कँडेल, बुर्तिवाङ २०७५ मंसिर ६ । ढोरपाटन नगरपालिकाले आफ्ना नगरका सबै वडामा जनप्रतिनिधि तथा आम सर्वसाधरण सहितको संयुक्त वडा भेला अन्र्तगत आज वडा नं २ मा सम्पन भएको छ ।

नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयन तथा सम्पादनका सन्दर्भमा वडामा विनियोजित बजेटको आम जनतालाई जानाकारी दिने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम आज वडा नं २ को तारीखेतमा सम्पन्न भएको हो ।
भेलामा बोल््दै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले नगरको विकासमा जनताको प्रत्यक्ष्य सहभागीता रहनुपर्ने बताए । जनताको वजेट जनताले थाहा दिनुपर्ने भएकाले यस खालको कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।

नगर सभाबाट नगरको वडा न २ मा विभिन्न १४ वटा योजना छनौट भएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को नगर परिषदले त्यस वडाका विभिन्न स्थानमा वजेट विनियोजन गरेको र त्यसको कार्यानवयनका जनता सचेत रहन वडा नं. २ का वडा अध्यक्ष युवराज महतले आग्रह गरे । उनले जनताको समस्या समाधान गर्नका लागि जनताकै घरदैलोमा पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बतए । सो अवसरमा यस आर्थिक वर्षमा वडा नं. २ मा ६७ लाख वजेट विनियोजन भएको वडा अध्यक्ष महतले जानाकारी दिए ।

भेलामा स्थानीय अन बहादुर बुढा, शन्त हादुर बिक, तिलक पुन लगायतले आफ्नो जिज्ञासा राखेका थिए । उनीहरुले वडाको विकास वजेट निर्माण गर्दा स्थानीय जनतालाई टोल भेला गराई समस्याको प्राथमिकिकरण गरेर वजेट निर्माण गरिनु पर्ने, विग्रिएका सडकको मर्मत, खानेपानी समस्या समाधान लगायतका विषयमा ध्यान दिनुपर्ने, कृषकहरुका लागि कृषि कार्यक्रम, तटबन्धन लगायतका क्षेत्रमा जनताको माग संबोधन हुनुपर्ने माग राखेका थिए ।

वडा भेला वडा अध्यक्ष महतको अध्यक्षता, उप्रमुख करमति पु्न, प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलको बिशिष्ट आतिथ्यता, नगरपालीकाका लेखा अधिकृत अमृत प्रसाद पौडेल , वडा सचिव थमप्रकास घर्ति, ईन्जिनियर नारायण पौडेल ,समाजीक् परिचालक बिष्णु बिक ,चुडामणि भुषाल नगर प्रमुखका स्वकीय सचिब केशर बहादुर छन्त्याल, दोभान बचत तथा रिण सहकारी संस्थाका दधिराम शर्मा, जनजागृति आधारभुत बिध्यालयका प्रधानाध्यापक शिबलाल सुबेदी, अर्नाकोट आधारभुतथ विद्यालय खलबाङका प्रधानाध्यापक धनबहादुर महत वडा सदस्य प्रेम चालिसे, तमबहादुर घर्ति, मनकुमारी विक, जमुना चालिसे तथा पत्रकारहरुको आतिथ्यता रहेको थियो । आयोजित भेलाको सञ्चालन नगरपालिकाका योजना शाखा प्रमुख नायब सुब्बा चण्डीप्रसाद पौडेलले गरेका थिए ।

कार्यक्रमकै अबसरमा तुरतुरेको पहिरोले बनाएको तालले डुबानमा परेका पीडितलाई राहत बितरण गरीएको थियो । नगरपालिकाको तर्फबाट देबीराम कुमालको परिवारलाई रु ७५ हजार , कृष्ण कुमालको परिवारलाई रु ५० हजार , चुरा बहादुर कुमालको परिवारलाई ४० हजार र दुर्गा बहादुर कुमालको परिवारलाई रु २५ अजार रुपैया आज नगरप्रमुख नेपालीले हस्तान्तरण गरेका थिए । साथै नगरप्रमुख नेपालीले घर डुवानमा परेकालाई घर बनाउन भोली देखीनै काम लगाईदिने घोषणा समेत गरेका छन ।

नगरप्रमुख नेपालीले आफ्नो ब्यक्तिगत खर्चले दुई घर बनाईदिने र दुई घरलाई जस्ताले छाईदिने जनाउदै जनताको दुख सुखमा आफु हरदम साथ रहेकाले धैर्य हुन पीडितलाई आग्रह गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *