तुरतुरे ताल यस क्षेत्रको पर्यटकीय विकासका लागि कोशेढुंगा !
बडीगाड महोत्सवलाई ढोरपाटनका नगरप्रमुख नेपालीले रु ६ लाख १ हजार दिने उद्घोष !

लोक तथा दोहोरी गायक बद्रि पंगेनीले वृद्ध आमा तथा बाबाहरुलाई रुवाए !

कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ मंसिर ६ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रथम बडीगाड महोत्सव तथा पौंदी न्वागी मेला २०७५ को लागी ६ लाख १ हजार रुपयाँ सहयोग गर्ने घोषणा गरेका छन् । महोत्सवको छैठौं दिनको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले ढोरपाटन नगरपालिकाको तर्फवाट ५ लाख तथा व्यक्तिगत रुपमा १ लाख १ हजार गरि कुल ६ लाख १ हजार रकम घोषणा गरेका हुन् ।

तुरतुरे ताललाई व्यवस्थित गर्ने र यस क्षेत्रको विकासको लागि समेत कोशेढुँगाको रुपमा सो ताललाई विकास गर्न सकिने भन्दै नगर प्रमुख नेपालीले विकासमा सवै दल, भुगोल एक हुनुपर्ने वताए । नेपालमै आफ्नो तलब भत्ता नलिने आफू एक मात्र जनप्रतिनिधि भएको दावी गर्दै नेपालीले नेताहरु इमान्दार वन्नुपर्ने र जनता संग बोलेको वाचा पुरा गर्नुपर्ने वताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घतीमगर, लगाएतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रम महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता तथा सचिव विष्णु प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै आजै भएको शिक्षक – कर्मचारी मैत्रिपूर्ण गाउँखाने कथा प्रतियोगीतामा शिक्षकहरु विजय भएका छन्। दुवै समुहको वरावर नम्वर आएपछि गोलाप्रथा वाट शिक्षकहरुले जितेका थिए। प्रतियोगितामा प्रथमले १० हजार र द्धितिय हुने समुहले ७ हजार प्राप्त गरेका थिए। कार्यक्रम वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ तथा वडा नं. १ का अध्यक्ष वोम वहादुर थापाले संचालन गरेका थिए ।

त्यस्तै खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ बडीगाड युवा मञ्च र मदन भण्डारी स्पोर्ट एकेडेमी फाइनलमा पुगेको छन् भने वुर्तिवाङ राइजिङ युवा क्लव तृतिय भएको छ।
कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला नमुना बडीगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि सुरु भएको बडीगाड महोत्सव तथा पौंदि न्वागी मेला मंसिर ९ गते सम्म सञ्चालन हुने छ ।

आजै चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले बडीगाड महोत्सव तथा पौंदि न्वागी मेलामा गित गाउँदा वृद्ध आमा तथा बाबाहरुलाई रुवाएका छन् भने युवाहरुलाई धुलो उड्नेगरि नचाएका छन् । नेपाली दिदी वहिनी विदेशियका दाजु भाई तथा वुवा आमाको वास्तविक मर्म बोल्ने, “विदा पाउँदिन, अहिलेको सालपनि घरमा आउँदिन”, “जेठो छोरा कहाँ छ कहाँ, माइलो छोरो पुलिसमा भर्ति भएको छ”, “शिरैको सिँउँदोमा सिन्दुर छैन” वोलको गित गाउँदा, मञ्चैको अगाडि वसेका धेरै आमा बाबाहरु रोएका छन्। सवैको विचैमा गएर गाएका गायक पंगेनीले नेताहरुलाई सुझाएका गित गाउँदा सवै उत्साहित भएका थिए ।

पंगेनीले “लौन नेता ज्यू, बडीगाडमा आउन कहिले काहिँ, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिल झैं”, “अझै नै गणतन्त्र आको छैननी, बडिगाडमा भने झैं भाको छैननी” बोलका गित गाउँदा युवा हरु खुलेर नाचेको थिए । गायक पंगेनीले ससुरालीमा, पानी सलल, लगाएतका गितहरु गाएका थिए। दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका जनप्रिय गायक बद्रिले नेताहरुलाई समेत कटाक्ष समेत गरेका थिए। कार्यक्रमको छैठौं दिनमा लोक गायीका पूर्णकला विसि, प्रजापति पराजुली लगाएतले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *