बागलुङ ढोरपाटन धार्मिक तथा शैक्षिक महोत्सव सचिवालयको उद्घाटन !
बुर्तिवाङमा स्मार्ट क्याम्पस बनाउन निसीभुजीबासीले थालेको पहल अनुकरणीय : प्रजिअ खरेल

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर ६ । निसीभूजी जनता क्याम्पसलाई पश्चिम बागलुङकै एकमात्र सुविधा सम्पन्न स्मार्ट क्याम्पस सञ्चालनार्थ आयोजित “बागलुङ ढोरपाटन धार्मिक तथा शैक्षिक महोत्सब” २०७५ को सचिवालयको प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथी प्रजिअ खरेल धार्मिक विधिपूर्वक पूजा अनुष्ठान पश्चात पानसमा दीपप्रज्वलित गरी रिवन काटेर व्यानर अनावरण गरी सचिवालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन पछि बोल्दै प्रमुख अतिथी खरेलले स्मार्ट क्याम्पस बनाउनका लागि बुर्तिवाङमा स्मार्ट क्याम्पस बनाउन निसीभुजीबासीले थालेको पहल अनुकरणीय रहेको भन्दै सबैले दिल खोलेर सहयोग गर्न सबैलाइ अपिल गरे ।

उनले क्याम्पसको सबै तहको बिकासका निम्ति भित्री ब्यवस्थापन चुस्त दुरुस्त बनाउन अनुरोध गर्दै आफू र आफू मातहतका कार्यलयबाट हुने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी खरेलले भौतिक बिकास भन्दा सामाजिक बिकास महत्वपूर्ण हुन्छ भन्दै शिक्षाले समाज परिवर्तनमा अहम भूमिका खेल्ने बताए । उनले शिक्षाको बिकासको लागि गरेको यो अभियान उत्कृष्ट रहेको भन्दै यसलाइ सफल पार्न सबै एकभएर जुट्न समेत अनुरोध गरे ।

बागलुङ जिल्लाका तीन लाख जनताको सुरक्षा र बाईस सय जेष्ठ नागरिकलाई सम्मानको लागि आफन्तजन र पारिवारिक रुपमा आफुले हेरेको भन्दै सबै कर्मचारिहरुलाइ पनि सोही अनुरुप काम गर्न अनुरोध गर्दै यस्तो पुण्ययुक्त कार्यमा सहभागी हुन पाएकोमा खुसी ब्यक्त गरे।

उनले कार्यक्रमका सन्चालक आयोजक समितिका महासचिव राम सुवेदी र आफु २० वर्ष पहिले एउटै कोठामा बसेर अध्ययन गरेको स्मरण गर्दै आज एउटै समारोहमा सहभागी हुन पाउदा अत्यन्तै खुशीलागेको बताए ।

सोही अवसरमा प्रजिअ खरेलले तमानखोला गाउपालिका बोँगादोभानका डिभिजन ईन्जिनियर खगेन्द्र भट्टचन हालै राष्ट्रपतिज्यूबाट विभूषित भएकोमा हार्दिक बधाई पनि दिएका थिए ।

कार्यक्रमकै अवसरमा ब्रकु लक्ष्मी दिदीले प्रजिअ खरेललाई खादा ओढाई स्वागत गरेकी थिईन् ।

कार्यक्रममा निसीभूजी जनता क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं महोत्सवका निर्देशक धीरप्रताप सिँह, समाजसेवी हर्कबहादुर गुरुङ, शिक्षा समन्वय ईकाई प्रमुख कुस्मराल उपाध्याय, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, ब्रह्मकुमारी ईश्वरीय विद्यालय बुर्तिवाङकी सन्चालिका ब्रकु लक्षी दिदी लगायतले सम्वोधन गरेका थिए ।

क्याम्पस प्रांगणमा आयोजित कार्यक्रममा महोत्सव आयोजक समिति, शिक्षाप्रेमी, स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधी लगायत पत्रकार स्थानीयवासीको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका अध्यक्ष चन्द्र अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महोत्सव आयोजक समितिका सदस्य समाजसेवी तुलसी अर्यालले स्वागत मन्तव्य दिएका थिए भने सन्चालन आयोजक समितिका महासचिव राम सुवेदीले गरेका थिए ।

स्मरणीय छ, राष्ट्र शान्ति अभियानको मुख्य सहकार्यमा महोत्सव सञ्चालन गर्नका लागी गत कात्तिक ३० गते बुर्तिवाङ आयोजित विशेष भेलाबाट क्याम्पसका पूर्व अध्यक्ष एवम् शिक्षाप्रेमी धीरप्रताप सिँह निर्देशक र विभिन्न प्रतिष्ठित सामाजिक एवं शैक्षिक व्यक्तित्वहरु रहने गरी मुल समारोह समिती एवम विभिन्न उपसमितीहरु गठन गरिएको थियो ।

समितीको सह निर्देशकमा क्याम्पसका पूर्व व्यवस्थापन समिती अध्यक्ष एवम् समाजसेवी तुल्सिराम अर्याल, कार्यकारी अध्यक्षमा क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष चन्द्रलाल अर्याल, सह उपाध्यक्षमा टँकप्रसाद पौडेल, अति बरिष्ठ उपाध्यक्षमा चुडाबहादुर कुवँर, बरिष्ठ उपाध्यक्षहरुमा यसक्षेत्रमा कृयाशील ८ राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि रहने गरी समिती गठन गरिएको थियो भने समितीको अन्य २५ जना उपाध्यक्षहरुमा ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडीगाड गाउँपालिकाका वडा अध्यक्षहरु राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *