एकीकृत सेवा केन्द्र, ईलाका प्रशासन कार्यालयमा तब्दिल : प्रजिअ खरेलव्दारा बोर्ड अनावरण !

दिनेश शर्मा बुर्तिवाङ २०७५ मंसिर ६ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले ईलाका प्रशासन कार्यालय बुुर्तिवाङको साईनबोर्ड अनावरण गर्नुका साथै कार्यालयको निरीक्षण गरेका छन् ।

एकीकृत सेवा केन्द्रको कार्यालयको रुपमा सेवा प्रवाह गर्दै आएको सो कार्यालयले अबोप्रान्त ईलाका प्रशासन कार्यालयको नामबाट सेवा प्रवाह गर्ने छ ।

कार्यालयको अनावरण र निरीक्षणका अवसरमा ईलाका प्रशासन कार्यालयका प्रमुख नन्दराम भुसाल लगायत स्टाफहरुले प्रजिअ खरेलको स्वागत गरेका थिए ।
यसपश्चात प्रजिअ खरेलले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको पनि निरीक्षण गरेका थिए ।

प्रमुख जिल्ला अधिकार खरेल सहितको कार्यालय प्रमुखहरुको एक टोली बिहान ११ बजे बुर्तिवाङ आई पुगेको थियो । प्रजिअ खरेलले केहि समय पछी बुर्तिवाङ स्थित निसीभूजी जनता क्याम्पसको यहि मंसिर १५ देखी २२ गते सम्म सन्चालन गरिने “बागलुङ ढोरपाटन धार्मिक तथा शैक्षिक महोत्सब” २०७५ को सचिवालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रजिअ खरेलको टोलीमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मी, जिल्ला स्वास्थ्य प्रमुख दीपक तिवारी, शिक्षा प्रमुख कुस्मराज उपाध्याय, अनुसन्धान प्रमुख गोविन्द जंग पाण्डे, जलश्रोत सिँचाई प्रमुख खगेन्द्र भट्टचन, शहरी विकास तथा भवनका प्रमुख सच्चिन्द्र कुमार देव लगायत २५ जनाको टोली बुर्तिवाङ आएको हो ।

यस टोलीले तुरतुरेको तालमा नौका विहार, बडीगाड महोत्सव अवलोकन गर्नुका साथै बडीगाड स्थित जनता आवास कार्यक्रमको अनुगमन, गल्कोट नगरपालिका मल्म स्थित सिँचाई आयोजनाको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *